धरान/ सेन्चुरी बैङ्कको धरान शाखामा मिलोमतोमा गरिएको करोडौँ रुपैयाँ गोलमालको विषयमा नेपाल राष्ट्र बैङ्कसहित सरकारी निकायले बल्ल चासो देखाएका छन् । ब्लाष्टमा यसबारे नियमित समाचार प्रकाशन भएपछि राष्ट्र बैङ्कको केन्द्रीय कार्यालय र जिल्ला प्रशासन कार्यालयले चासो देखाएका हुन् । राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले धितोभन्दा कयौँ गुणा बढी ऋण दिइएको विषयमा जानकारी नभएको बताउँदै यसबारे राष्ट्र बैङ्कले अध्ययन गर्ने जनाए । उनले राष्ट्र बैङ्कले गर्ने नियमित अनुगमनका क्रममा यो विषय फेला नपरेको जनाउँदै मिडियाबाट सार्वजनिक भएकाले अध्ययन गर्ने जनाए । उनले ऋणीले समेत उजुरी नगरेको अवस्था रहेकोले जसले उजुरी गरे पनि कारवाही अघि बढाउने बताए ।

sentury सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईंले यस प्रकरणमा मुछिएकाहरुलाई आइतबार कार्यालयमा उपस्थित हुन आदेश दिएका छन् । जनताको करोडौँ रुपैयाँ बचत रहेको संस्थामा गडबडी भएको विषय बाहिर आएकोले आपूmले चासो देखाउँदै अनुसन्धानका लागि बोलाएको उनले जनाए । धरानको पुतली लाइनस्थित इमान्युयल ज्वेलरीका सञ्चालक सञ्जय राई र उनकी श्रीमती कमला श्रेष्ठलाई दिइएको ऋणमा भएको ८ करोड ३५ लाख गोलमालको समयमा बैङ्कमा रहेका म्यानेजर निखिल श्रेष्ठ र सुन जाँचकी कुमार श्रेष्ठसहितलाई प्रजिअ चापागाईंले बोलाएका छन् । ‘गोल्ड लोन’ अन्तर्गत दिइएको ऋण ९ करोड ३२ लाखमध्ये ८ करोड ३५ लाखबराबरको सुन बैङ्कमा नभेटिएको विषय लुकाउन खोज्दाखोज्दै ब्लाष्टमार्पmत बाहिरिएको हो ।

ऋणी राईले आपूmले राखेको सुन बैङ्कबाटै गायब भएको दावी गरिरहेका छन् तर उनले त्यति धेरै सुन कहाँबाट कुन प्रयोजनमा ल्याएर बैङ्कमा लगेर राखे भनेर अहिलेसम्म पनि कसैले चासो नदिएको बैङ्क स्रोतले दावी गरेको छ । स्रोत भन्छ, ‘सञ्जय, उनकी श्रीमती, म्यानेजर निखिल र सुन जाँचकी कुमारसमेतको मिलोमतोमा धितोभन्दा कयौँ गुणा बढी लोन निकालियो तर अहिले यो विषय बाहिरिएपछि एक–अर्काको थाप्लोमा दोष हालेर चोख्खिने काम भइरहेको छ ।’

म्यानेजर श्रेष्ठले धरानका आधा दर्जनभन्दा बढी व्यवसायीलाई मिलोमतोमा करोडौँ दिएको र उनीहरुसँग उनको र सुन जाँचकीको लेनदेन हुने गरेको ब्लाष्टले यसअघि नै सार्वजनिक गरिसकेको छ । ऋणी राईले दावी गरेजस्तो अरुबाट धितोमा लिएर बैङ्कमा राखिएको सुन उकास्न सम्बन्धित ग्राहक किन आएनन् भनेर सोधिएको प्रश्नमा चित्तबुभ्mदो जवाफ र प्रमाण भने उनीहरु दिन सक्दैनन् । ८ करोड ३५ लाख गहना धितोमा राख्ने गहनाका धनीमध्ये केही त गहना फिर्ता माग्न आउनुपर्ने सुन व्यवसायीहरु बताउँछन् । यति ठूलो विषय बाहिरिए पनि उनको पसलमा भीडभाड देखिँदैन । करोडौँको धितो कारोबार गरेको उनले बताए पनि सरकारी निकायले अहिलेसम्म चासो देखाएका छैनन् । उनी गैरकानुनी रुपमा बैङ्किङ कारोबार आपूmले मात्र नभई अरुले पनि गरिरहेको दावी गर्छन् । यसैबीच, यस प्रकरणमा नेपाली काङ्ग्रेसले पनि चासो देखाएको छ । काङ्ग्रेसका जिल्ला सचिव सुजेन्द्र तामाङले विज्ञप्ति जारी गर्दै जनताको करोडौँ रुपैयाँ बचत रहेको बैङ्कमा मिलोमतोमा भएको गोलमालको विषयमा आधिकारिक धारणासहित सत्य–तथ्य बाहिर ल्याउन माग गरेको छ ।