तरहरा /नेपालीहरुको महान पर्व दशै तिहार भित्रिए सँगै बजारमा हुने बम्पर अफरमा दशैमा किनमेल गर्नेहरु ठगिने गरेको समाजका अगुवाहरु वताउँछन । ठुला डिपार्टमेण्ट देखि साना साना पसलहरुले सम्म फेसनको रुपमा ल्याएको योजना ग्राहक वोलाउँने माध्यम मात्र भएको छ ।दशै तिहारको मौका छोपेर विशेष छुटमा वह्मलुट भईरहेको उपभोक्ताहरु वताउँछन । अहिले फेसनको रुपमा आएको विशेष छुट योजना नामै मात्रको भएको सामाजीक अगुवाहरु वताउँछन ।

इटहरीको एक नाम चलेकै फसलमा २५ प्रतिशत छुटमा किनेको कपडाको पेन्ट एक दिनमै ठाउँ ठाउँमा पुवाल परेको इटहरी ५ निवासी सन्तोष विश्वकर्माले गुनासो गे । छुटको नाममा सर्वसाधरण ठगीएको उनको निश्कर्ष छ ।चाडवार्डको नाममा छुट अफर ल्याए पनि उक्त योजनाका ग्राहकहरु ठगीने गरेको सामाजिक अगुवाहरु वताउँछन । चाडपर्वमा गरीने यस्ता छुटमा ग्राहकहरु ठगीरहेको धरानका नागरीक अगुवा डाक्टर भीम खतिवडा वताउँछन । उनी भन्छन खाद्यन्न सामाग्रीहरु,लत्ताकपडा,मेसिनरी आदीको छुटको परम्परा खुल्ला बजार र अनियन्त्रीत नै डाक्टर खतिवडाले भने । दुई लिदा एक सितैमा कसरी हुन सक्छ उनले प्रश्न गरे । जनस्तरलाई ठग्ने माध्याम दशै तिहार हुनु नहुने उनको भनाई थियो । त्यस्तै इटहरीकै विद्यार्थी सर्मिला ढकालले दशै तिहारमा भईरहेको छुटको अफर नामै मात्रको भएको वताईन । आफ्नो परेको मुल्य भन्दा कम गरेर कस्ले सामान विक्री गर्लान र ? उनको प्रश्न थियो । समाजका लागी दुई रुपैया दान दिन हिचकिचाउँनेहरुले राम्रो सामानमा छुट नदिने पक्का भएको उनको तर्क छ ।

बजारमा अहिले भईरहेको छुट अफर देखावटी मात्र भएको ढकालको मात्र हैन अधिकांस सर्वसाधरण तथा सेवाग्राहीको तर्क छ । अफरको नाममा धेरै मुल्य राखेर पैसा घटाउँने,पुराना ड्यामेज सामाग्रीहरु वेच्ने अभियान चलिरहेको इटहरी २५ का स्थानीयवासी भक्त लिम्वु वताउँछन । पसल नै पिच्छे फरक मुल्य रहेको इटहरीको मुख्य बजारमा अफर चलिरहेको उनको भनाई छ । धेरै मुल्य राखेर घटाउँदै अफर भनेर जनता ठग्ने काम मात्र भएको उनको तर्क थियो ।

अहिले बजारमा छुट दिन सबै निकाय तछाड मछाड गरीरहेको उनको भनाई थियो । नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्य सुन्दर खेवाङले पनि चाडवार्डको नाममा छुटको अफरमा सर्वसाधरण सेवाग्राही ठगीने गरेको वताए । सेवाग्राहीहरु घुमाउँरो पाराले ठगीनै रहने भन्दै यस्तो समयमा सचेत हुन आवश्यक रहेको उनको भनाई थियो । मोरगंको सुन्दर दुलारी घर भई इटहरी जनता क्याम्पसमा अध्यान गदै आएका विनय वाराकोटीले अफरको वेला कमसल सामाग्रीको विगविगी भईरहेको वताए । अफर भन्दै आएको सामाग्रीमा सेवाग्राहीहरु सचेत हुनु पर्ने उनको भनाई थियो । पछिल्लो समयमा जग्गामा समेत दशै तिहार योजना आउँन थालेको भन्दै सामाजिक अगुवाहरु छुटको खिल्ली उडाउँन थालेका छन् ।