krisakशनिश्चरे/हसन्दह–७ का सर्वलाल राईसँग कृषि क्षेत्रमा नयाँ क्रान्ति ल्याउन सकिने योजना छ । सरकारले ५ प्रतिशत ब्याजमा कृषि ऋण दिने भन्ने नीतिको उपभोग गर्नका लागि त्यही योजना पेश गरे ।जैविक मल समेत उत्पादन गरी माटोको उपचार गरेर आधुनिक प्रकारको खेती गर्नका लागि उनले बनाएको योजनामा सरकारी तवरबाट बेवास्ता भयो अर्थात् ऋण नै उपलब्ध भएन ।

‘कृषि क्षेत्रबाट प्रगति गर्न सकिन्छ भनेर काम गर्न खोज्नेलाई भने सरकारले ऋण नदिएर किसानलाई अझ निरुत्साहित पारिरहेको छ’, उनले ब्लाष्टसँग तीतो पोखे ।इन्टरप्रिन्यूअर इग्रिकल्चर फर्म खडा गरेर ०६९ देखि उनले ६० लाखको लगानीमा गाउँमै गाईपालन शुरु गरेका थिए । २० वटा गाई राखेर गाईपालन व्यवसाय थालेका उनले सरकारको किसानलाई सस्तो ब्याजमा ऋण दिएर कृषि क्षेत्रमा आकर्षित गर्ने भन्ने नीतिलाई पछ्याउन शुरु गरे । आपूmले गाईपालन गरिरहेको जानकारी गराउँदै डेढ करोडको प्रोजेक्ट बनाएर सरकारी सहुलियत ऋण पाउने निकाय वाणिज्य बैङ्क पथरीशनिश्चरे शाखाहुँदै पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगर र केन्द्रीय कार्यालयसम्म धाए । एक वर्षसम्म धाउँदा पनि कार्यालयले ऋण दिएन ।

सरकारी राहतमा आहत भएपनि उनले ९ प्रतिशत ब्याजमा नेपाल बङ्गलादेश बैङ्कबाट ७५ लाख ऋण लिए । ‘अरुतिर लगानी गर्नुहुन्छ होला, बरु १०÷२० लाख चाहिँ लाँदै गर्नु भनेर भनियो’, उनले भने, ‘त्यही व्यवसाय नै गरिरहेको किसानसँग अरुतिर लगानी हुने कुरै भएन । आप्mनो लगानी तलमाथि भयो भने कारबाही गर्न सकिँदैन र ऋणै नदिनु ? बडा अनौठो नीति छ यो नेपालमा ।’त्यसो त उनीमात्र होइन, सरकारले २ वर्षअघि घोषणा गरेको ५ प्रतिशत ब्याजमा कृषि ऋणको आशामा अरु किसान पनि हस्स परेका छन् । हसन्दह–१ स्थित क्रिष्टल एग्रिकल्चर फार्मिङ प्रालिका सञ्चालक प्रकाश गिरी पनि त्यसरी नै हस्सिनेमा पर्छन् । वैदेशिक रोजगारीबाट फर्किएर कृषिमै केही गर्ने योजना बनाएर सरकारको भर खोज्दा उल्टै निरुत्साहित बनाउने प्रयास भयो । उनले धेरै ध्याउन्ते गर्दा पनि ५ प्रतिशत ब्याजको ऋण नपाएपछि बाध्य भएर १० प्रतिशत ब्याजमा लुम्बिनी बैङ्कबाट २ करोड ऋण निकालेर आपूmले बनाएको कृषि क्षेत्रको बृहत योजना अगाडि बढाउँदैछन् । हालसम्म उनले आप्mनो योजना अनुसार साढे ३ करोड खर्च गरिसकेका छन् ।

उनले हाल भएका ५० वटा गाईमा ५० वटा थपेर १ सयवटा गाई पाल्ने, ५ सय बिघा जग्गा लिजमा लिएर घाँस पालन गर्ने, पशुको आहारा केन्द्र (फिड सेन्टर) तथा दूध प्याकेजिङ उद्योग खोल्ने भनेर साढे ३ करोड ऋण मागेका थिए । सरकारी तबरबाट धितो नपुगेको देखाउँदै आपूmलाई १ करोडभन्दा बढी ऋण नदिने भएपछि उनले सरकारको नीति गैरकिसानका लागि लाभदायक भइरहेको ठहर गर्दै ऋण खाने बाटो बदलेर निजी बैङ्कबाट महङ्गो ब्याजमा भएपनि रकम निकाले । ‘सरकारको नीति आपैmं फेलियर भो । धितो सिस्टम हुनेबित्तिकै प्रोजेक्ट हुँदैन । गाउँमा भएको कम मूल्याङ्कनका जग्गा धितो राखेर किसानले करोडको ऋण लिनै सक्दैन’, उनले भने, ‘७०, ८० प्रतिशत सिधा ऋण लिएर गाईभैंसी तथा आवश्यक प्राविधिक सामग्री नै किनिदिए सहज हुने र कृषिमा आमूल परिवर्तन आउने थियो ।’ सरकारले सस्तो ब्याजमा युवाहरुलाई स्वरोजगार बनाएर कृषिलाई व्यवसायिक गराउने योजना सुनेपछि मख्ख परेर कार्यालय चहारेका पथरीशनिश्चरेको शनिश्चरे चोक नजिकका लक्ष्मी कृषि फारम खोलेका युवा दीपेन्द्र खनाल पनि जिल्लिए ।

उनले कृषि विकास बैङ्कबाट १० प्रतिशत ब्याजमा ४९ लाख रुपैयाँ निकालेका थिए । सरकारले ५ प्रतिशतमै ऋण दिने योजना बनाएपछि त्यसमा आपूm पनि छिर्न धेरै प्रयत्न गरें, तर पार लागेन । ‘नयाँ भए हुन्थ्यो, पुरानो ऋण लिइसकेकालाई हुँदैन भन्दै सस्तो ब्याजको ऋण दिन कर्मचारीले टारिदिए ।’ उनले सरकारले ल्याएको नीतिबाट कृषिमै केही गर्छु भन्ने जोशिला वास्तविक किसानलाई छुन नसकेको ठहर गरे । महङ्गो ब्याजमा गाईपालन गरेपनि नेपालमा नश्ल सुधार (एआई) भएका गाई नपाइने उनको अनुभव छ । एआई भनेर लोकल नश्न बिक्री गर्नेहरुको बाहुल्यता रहेको उनले सुनाए । उनले ०७१ बाट ३० वटा गाईबाट आप्mनो व्यवसाय अगाडि बढाइरहेका छन् ।

उता, वाणिज्य बैङ्क पथरीशनिश्चरे शाखा प्रमुख होम कार्की भने जग्गाको मूल्याङ्कनका आधारमा ऋण दिन बाध्य भएकाले मागेजति ऋण दिन नसकिएको उल्लेख गर्छन् । उनले निजी बैङ्कले जस्तो मूल्याङ्कनमा केही खुला गर्ने सरकारी नीति नभएको सुनाए । शाखाबाट १० लाखसम्मको ऋण कृषि क्षेत्रबाट आपूmले प्रदान गरिरहेको बताए । उनले सो शाखाबाट २ वर्षको अवधिमा कृषि र विपन्नका लागि ३ करोडको हाराहारीमा ऋण प्रवाह भइसकेको उल्लेख गरे ।