Phulधरान/सयपत्री फूललबाट तिहारमा मनग्यै कमाउने धरान–२२ साउने र ठिङ्गाबारीका कृषकहरु यसपटक सोचेजस्तो फूलल नफुलिदिँदा चिन्तित छन् ।गत वर्ष फूललबाट २५ हजार रुपैयाँभन्दा बढी आम्दानी लिन सफल भएकी साउनेकी मनमाया श्रेष्ठ यसपटक बारीमा फूल खासै नफुलेको बताउँछिन् । उनको मात्र हैन, स्थानीय इन्दिरा राई, अमृता कुरुङभङ र ठिङ्गाबारीकी हिरा कार्कीको अवस्थामा पनि उस्तै छ । आलीका डिलमा पहँेलपुर हुने बारीमा यसपटक सोचेजस्तो फूल फुलेनन् ।

कोही भने भाले फूल भइदिएको गुनासो गर्छन् ।गत वर्ष ९ हजार रुपैयाँको फूल बिक्री गरेकी कुरुङभङ भन्छिन्, ‘बोट भएकै हो । सबै भाले भयो ।’ हरेक वर्ष फूलखेती गर्ने उनीहरु पोहोर ढिला गरी तिहार आए पनि पाँच सय मुठाभन्दा बढी बेचेको बताउँछन् । तर यसपटक तिहार समयमै भए पनि विभिन्न कारणले गर्दा आपैmँलाई नपुग्ने स्थिति भएको इन्दिरा राई बताउँछिन् । ‘पोहोर १०–१५ हजारको बेचियो । यसपटक आपैmँलाई नपुग्दो छ’, उनी भन्छिन्, ‘यसपटक शुरुमा दल राखेको कामै लागेन, पछिको ढिला भइदियो ।’साउने, ठिङ्गाबारी, आँपटार, खोरियालगायतका बासिन्दाहरुले बारीका कान्ला तथा आलीहरुमा नै फूलखेती गर्ने गरेका छन् । केहीले भने तिहारलाई लक्षित गर्दै बारीमा फूल लगाउने गरेका छन् । २३ वर्ष अघिदेखि फूलखेती गरिरहेका कृषकहरुले यो बेला फूललबाटै अतिरिक्त आम्दानी लिने गरेका छन् । ‘तिहार खर्च नै आउँथ्यो अरु बेला’, श्रेष्ठ भन्छिन्, ‘अरु बेला सबैभन्दा बढी मै बेच्थेँ ।

अहिले त आपैलाई नपुग्दो छ ।’यति बेला पहेँलपुर हुने ती गाउँहरुमा यो बेला खासै फूल नभएको अधिकांशको भनाइ छ । ‘नहुँदा पनि ४–५ सय मुठा पुग्थ्यो तर यो साल मरेर डेढ सय मुठा पुग्छ कि !’, कार्की भन्छिन्, ‘यो साल शङ्खेकिरा लाग्यो । रोप्यो कि खाइदिने ।’ उनले ७ वर्ष अघिदेखि फूलको किनबेच शुरु गरेकी हुन् । गाउँलेले बेचेको देखेपछि आपूहरुले फूल बेच्न थालेको उनले बताइन् । फूलबाट तिहार खर्च चल्ने गरेको उनी बताउँछिन् । ‘तर यसपालि खासै नहोला ।’ उनी भन्छिन् ।फूलबाटै कतिपयले तिहार खर्च जोहो गर्ने गरेका छन् । नेपालमा यस वर्ष ६० लाखबराबरको सयपत्रीफूल भारतबाट आयात गरिने बताइएको छ । तिहारलाई लक्षित गर्दै भारतको कोलकाताबाट फूल आयात हुने गरेको छ । नेपाली कृषकहरु भने फूल नभएका कारण चिन्तित बनेका छन् । ‘एकै दिन एक हजार मुठासम्म बेचिन्थ्यो’, कृषक श्रेष्ठ गत वर्षको बिक्रीबारे भन्छिन्, ‘यसपालि ५०–६० मुठा पनि आउँदैन होला ।’साउने, ठिङ्गाबारी, आँपटारका कृषकहरुले धानखेतको आलीमा पूmलखेती गरेर दोहोरो आम्दानी लिने गरेका छन् ।

‘यतातिर धानबालीमै लगाउने गरेका छौँ’, बुद्धिमान कुरुङभङ भन्छन्, ‘सालिन्ने खेतको आलीमै लगाउँछौँ ।’ २०५० सालदेखि यसरी नै पूmलखेती गरिरहेका अधिकांश कृषकहरुले यसरी लगाउँदा छुट्टै बारीको आवश्यकता नहुने बताउँछन् । पूmलको समय पहिल्याउन नसक्दा भने कृषकहरुलेफूलबाट लाखौँ घाटासमेत व्यर्होने गरेका छन् । कुनै वर्ष छिटो तिहार र कुनै वर्ष ढिला हुने हुँदासमेत घाटा व्यहोर्नुपरेको राई बताउँछिन् ।