श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल साउन ४ गते आइतबार, २० जुलाई २०२५, सिद्धार्थीनाम संवत्सर। श्रावण कृष्णपक्षको दशमी तिथि ११ः२२ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र कृतिका २३ः०५ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमा राशि मेष, सूर्योदय ०५ः२१ बजे र सूर्यास्त ०६ः५८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। पहिलेको सफलताले थप हौसला जगाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। पेसा–व्यवसायमा केही उल्झन देखापर्ने समय छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चिताएको काम रोकिन सक्छ, दोहो¥याएर प्रयत्न गर्नुहोला।काममा अनायासै व्यवधान देखापर्न सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनसक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूलाई बेवास्ता गर्नाले पनि दुःख पाइनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट मनग्य नाफा उठाउन सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ।