धरान । धरान उपमहानगरपालिका–३ स्थित पालिका तरकारी बजारमा आगलागी हुँदा दुईवटा पसल जलेर नष्ट भएको छ । दुईवटा फलफूल पसल र एउटा कुँचो पसल पूर्ण रूपमा जलेर नष्ट भएका प्रहरीले जनाएको छ । बिहान करिब ३ बजे भएको आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
ओमकुमारी श्रेष्ठ र भीमबहादुर श्रेष्ठले सञ्चालन गर्दै आएका फलफूल पसल तथा अर्को कुँचो पसल पूर्णरूपमा क्षतिग्रस्त भएको भानु तरकारी तथा फलफूल व्यवसायी समितिकी अध्यक्ष रमा चौहानले जानकारी दिइन ।
घटनापछि दिउँसो प्रहरीको मुचुल्का तयार पारेको छ । सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठ नेतृत्वको टोली समेत घटनास्थल पुगेको थियो। अध्यक्ष श्रेष्ठले पीडितलाई सान्त्वना दिंदै, संघको तर्फबाट राहत तथा पुनःस्थापनाका लागि आवश्यक पहल गरिने प्रतिबद्धता जनाए ।