इटहरी । नेपालका लागि हुन्डाई गाडीको एक मात्र आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले हालै इटहरी र विराटनगरमा क्रेटा इभी गाडी सार्वजनिक गरेको छ । 

हुन्डाई नेपाल इस्टर्न प्रा.लि. (इटहरी र विराटनगरका आधिकारिक डिलर) ले नयाँ क्रेटा इभी सार्वजनिक गरेको हो । हुन्डाई नेपालले उत्कृष्ट सेवा, गुणस्तरीय गाडी तथा देशभर फैलिएको बलियो सञ्जालका कारण ग्राहकहरूको विश्वास जित्दै आएको छ । कम्पनीले सधैँ ग्राहक सन्तुष्ट रहेको जनाएको छ । हुन्डाई नेपालमा सबैभन्दा सफल अटो ब्रान्डमध्ये एक बन्न सफल भएको हुन्डाई नेपाल विराटनगर व्यवस्थापक पर्शुराम सिम्खडाले बताए ।

नयाँ क्रेटा इभीको सार्वजनिक सुरुवातले नेपाली ग्राहकहरूलाई विद्युतीय गाडीप्रतिको चासो तथा निर्णय प्रक्रियामा उल्लेखनीय सहयोग पु¥याएको छ । विद्युतीय सवारीबारे हालको चिन्तालाई सम्बोधन गर्ने गरी क्रेटा इभी ल्याएको जनाएको छ । स्पेयर पाटर््सको उपलब्धता, सर्भिसिङ लागत, र दीर्घकालीन ब्रान्ड सपोर्टहरू उपलब्ध गराइएको कम्पनीको दाबी छ । 

हन्डाईले क्रेटा आइसीई र इभी दुवै मोडल एउटै प्लेटफर्ममा निर्माण गरेको व्यवस्थापक सिम्खडा बताउँछन् । कार्यक्रममा उपस्थित ग्राहक, व्यावसायिक प्रतिनिधि तथा पत्रकारहरूले गाडीको प्रत्यक्ष अनुभव गर्दै हुन्डाईका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरी विद्युतीय गाडीसम्बन्धी आवश्यक जानकारी प्राप्त गरेका थिए ।