Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • कृषि होमस्टेबाट ३८ लाख आम्दानी

कृषि होमस्टेबाट ३८ लाख आम्दानी

  • असोज ६, २०७४
  • ब्लाष्ट खबर

रामपुर / सदरमुकाम तानसेनदेखि करिब १४ किलोमिटरको दूरीमा रहेको कृषि होमस्टेले एक वर्षमा रु ३८ लाख बराबरको आम्दानी गर्न सफल भएको छ ।

खस्यौलीको हिरापोखरामा सिर्जना फार्म प्रालिद्वारा सञ्चालित कृषि होमस्टेले गएको वर्ष सो आम्दानी गर्न सफल भएको हो । यहाँ पछिल्लो समय बाह्य तथा आन्तरिक पर्यटक भित्रन थालेपछि आम्दानी पनि बढ्दै गएको हो । सो होमस्टेमा एक वर्षमा आन्तरिक र बाह्य गरी एक हजार ५०० देखि एक हजार ७०० सम्म पर्यटक भित्रने गरेको व्यवस्थापक जनक चौधरीले बताए। गाउँमा उत्पादित कृषिजन्य वस्तुको परिकारको स्वादमा रमाउन यहाँ पर्यटक आउने गरेका छन् । उक्त होमस्टेमा अन्यत्र भन्दा गाउँघरमै उत्पादित कृषिजन्य वस्तुको उत्पादन मात्र पाइने हुँदा पर्यटकको आकर्षण र रोजाइ बनेको हो । एक दिन र एक रातका लागि यहाँ नेपाली नागरिकलाई रु दुई हजार २०० र विदेशी नागरिकलाई रु तीन हजार ३०० शुल्क कायम गरिएको छ । छत्तीस जना युवा मिलेर ३५० रोपनी जग्गा खरिद गरी व्यवसाय सञ्चालन गरेका हुन् । विगत पाँच वर्षदेखि शुरु भएको सो व्यवसायमा रु सात करोड बराबरको लगानी गरिएको सञ्चालक चौधरीले बताए। हाल त्यहाँ ३०० कुखुरा, तीन बंगुर, दुई भैँसी, दश हाँस, आठ गाई र ६० वटा बाख्रा पालिएको छ । होमस्टे र कृषि फार्ममा १२ जनालाई रोजगारी मिलेको छ । अब केही समयभित्र नै बाह्य पर्यटकलाई लक्षित गरेर व्यवस्थित खालको होमस्टे सञ्चालन गर्ने तयारीमा रहेको व्यवस्थापक चौधरीले बताए । होमस्टेमा एक दिनमा ३० जनासम्म बसोबास गर्न मिल्छ । यहाँ सञ्चालित होमस्टेका कारण गाउँमा उत्पादित कृषिजन्य वस्तु खपत गर्न सजिलो भएको छ । ग्रामीण कृषि उत्थानका लागि यहाँ सञ्चालित कृषि होमस्टेबाट ठूलो टेवा पुगेको छ ।

सम्बन्धित समाचार
ब्लास्टकर्मी श्रेष्ठसहित चार पत्रकार पुरस्कृत

विराटनगर/ब्लास्ट राष्टिूय दैनिकका विराटनगर संवाददाता अनिल श्रेष्ठसहित चार ज ...

शिक्षासेवी श्यामबहादुर कटुवाल सनातनद्वारा सम्मानित

धरान । सनातन धर्मसेवा समिति सुनसरी शाखा धरानले धरानका शिक्षासेवी श्यामबहादु ...

हायसले ठक्कर दिएर भाग्दा....

धरान । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित पूर्वपश्चिम राजमार्गमा हायस ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
ब्लास्टकर्मी श्रेष्ठसहित चार पत्रकार पुरस्कृत
शिक्षासेवी श्यामबहादुर कटुवाल सनातनद्वारा सम्मानित
हायसले ठक्कर दिएर भाग्दा....
यशोदा कायस्थको यात्रा समाजसेवादेखि प्रदेशसभासम्म
टिप्पणीः जनप्रतिनिधिले नै गरे भ्रष्टाचारलाई संस्थागत
पत्रकारमाथि दुव्र्यवहार
धरानले किन मिचिरहेको छ ऐनकानून ?
बाढी, विपद् र बेवास्ताको चक्रव्यूह
आजको राशिफलः २०८२ साल असार २७ गते शुक्रबार
महानगरको असक्षमताः नगर प्रहरी नियुक्तिमा ९ महिनादेखि ढिलाइ
दुर्घटनामा दुईको मृत्यु, दुई गम्भीर
कुटपिटबाट महिलाको मृत्यु
धरानमा कानून पनि लजाओस्
आजको राशिफलः २०८२ साल असार २६ गते बिहीबार
हतियारसहित भारतीय नागरिक काँकडभिट्टामा पक्राउ
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved