धरान । सनातन धर्मसेवा समिति सुनसरी शाखा धरानले धरानका शिक्षासेवी श्यामबहादुर कटुवाललाई बिहीबार सम्मानित गरेको छ । 

व्यास जयन्ती तथा गुरुपूर्णिमाको अवसर पारेर समितिले धरानको गीता मन्दिरमा शिक्षासेवी कटुवालले दक्षिणासहित दोसल्ला ओढाई सम्मान–पत्रले सम्मानित गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि टोमप्रसाद आचार्य, समितिका सुनसरी  सभापति  प्रा.डा. गोपाल  भण्डारीले संयुक्त रूपमा दोसल्ला ओढाई सम्मानित गरेका थिए ।

सम्मानित व्यक्तित्व कटुवालको  जीवनी तथा व्यक्तित्वबारे शिक्षा  निकेतन  माविका पूर्व प्राध्यापक गोकुलप्रसाद श्रेष्ठले वाचन गरे । समितिका उपाध्यक्ष प्रा.डा. आनन्दप्रसाद आचार्यले गुरु पूर्णिमाको महŒवबारे चर्चा गरे ।