धरान / गरिमा डान्स सेन्टर धरानद्वारा आयोजित ‘चिल्ड्रेन ट्यालेन्ट हन्ट२०२५’ सीजन ५ को सहभागीहरुले आफ्नो प्रतिभा प्रदर्शन गरेका छन्।
बालबालिकाहरुको प्रतिभा अडिशन मार्फत पहिचान गरि, उचित तालिम प्रदान गरि तालिमको माध्यमबाट अझै प्रतिभा निखार्ने क्षमता अभिवृद्धि गर्ने र उनीहरूको ती प्रतिभा प्रस्तुत गर्न धरानका विभिन्न विद्यालयका २३ जना बालबालिकाहरू सहभागी रहेका छन्।
जसमा जुनियर ग्रुपका १४ जना र सिनियर ग्रुपका ९ जना रहेका छन्। कक्षा युकेजी देखि ५ कक्षामा अध्ययनरत बालबालिकाहरुलाई जुनियर र ५ कक्षा देखि ९ कक्षामा अध्ययनरत बालबालिकाहरू सिनियर ग्रुप अन्तरगत रहेका छन्।
गरिमा डान्स सेन्टर धरानको तालिम हलमा शनिबार सम्पन्न ट्यालेन्ट राउन्डमा सहभागी बालबालिकाहरूले नृत्य, गीत, कराँते, उद्घोषण, भाषण कला प्रस्तुत गरेका हुन । उक्त ट्यालेन्ट राउन्डको निर्णायकहरु नृत्य निर्देशक, कलाकार तथा सनराईन ईङ्लीस बोर्डिङ स्कुल इटहरीकी अध्यक्ष लक्ष्मी लिम्बू र सामाजिक अभियानता तथा धरान लर्निङ सेन्टर धरान–१० का प्रवन्ध निर्देशक लुईस जेम्स राई रहेका थिए।
सोही दिन सहभागीहरूले गुट(व्याट टच, सेनिटेशन, हेल्दि डाइट सम्बन्धि तालिम लिएका छन्। उनीहरूलाई रोट्राक क्लब अफ धरान, घोपामा आवद्ध स्वस्थ्यकर्मीहरुले तालिम प्रदान गरे। जस अन्तरगत उनीहरूलाई पब्लिक स्पीकिङ, उद्घोषणलगायतको तालिम दिइएको निर्देशक सन्जु राईले जानकारी दिइन ।
अडिशन राउन्डमा गरिमा डान्स सेन्टर धरानका प्रबन्ध निर्देशक तथा नृत्य निर्देशक मणिकुमार लिम्बू, चलचित्रकर्मी तथा नृत्य निर्देशक सानुराजा थेगिम, नृत्य निर्देशक रीमा थापा मगर र 'चिल्ड्रेन ट्यालेन्ट हन्ट-२०२४' सीजन ४ को सिनियर तर्फका विजेता आयुषा राई रहेका थिए।
अडिशनबाट छनौट भएका बालबालिकालाई ग्रुमिङ कक्षामा विभिन्न तालिम प्रदान पश्चात् ग्रान्ड फिनालेमा सहभागी गराई विभिन्न टाईटल उपाधी प्रदान गर्दै विजेता समेत घोषणा गरिनेछ। ‘चिल्ड्रेन ट्यालेन्ट हन्ट–२०२५’ सिजन ५ को विजेताले शिल्ड, क्राउन, नगद ५० हजार सहित गरिमा डान्स सेन्टर धरानमा एक वर्ष निशुल्क नृत्य सिक्ने अवसर प्रदान गरिने छ।
ग्रान्ड फिनाले आगामी साउन ३ गते शनिबार हुने आयोजक गरिमा डान्स सेन्टर धरानका प्रबन्ध निर्देशक तथा नृत्य निर्देशक मणिकुमार लिम्बूले जानकारी दिए ।