भद्रपुर । पार्टी सभापति लामिछानेमाथि प्रतिशोध साँधिएको भन्दै त्यसविरुद्ध देशव्यापी हस्ताक्षर अभियान थालेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेमाथि प्रतिशोध साँधिएको भन्दै त्यसविरुद्ध देशव्यापी हस्ताक्षर अभियान थालेको रास्वपाले झापामा पनि त्यसलाई तीव्रता दिएको छ । तीन दिनअघि त्यस अभियान शुरु गरिएको हो । जिल्लाभरिबाट करिव २९ हजार हस्ताक्षर सङ्कलन भइसकेको र २ लाख हस्ताक्षर सङ्कलन गर्ने योजना रहेको रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठकले बताए ।
सभापति पाठकले दिएको जानकारी अनुसार मेचीनगरमा ५२७४ ,दमकमा ३०७०, भद्रपुरमा ३०२१, कचनकवलमा १०५४, हल्दिवारीमा ६७७, बाह्रदशीमा ७५४, बिर्तामोडमा ३००४, अर्जुनधारामा २२१४, बुद्धशान्तिमा १८९२, कनकाईमा ४८६०, झापा गाउँपालिकामा ८४०, शिवसताक्षीमा १३४५, कमलमा ७२४ हस्ताक्षर सङ्कलन गरिएको उनले जानकारी दिए । गौरादह र गौरीगञ्जमा सङ्कलित हस्ताक्षरका बारेमा जानकारी प्राप्त नभएको उनको भनाइ छ ।