श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल असार १५ गते आइतबार, २९ जुन २०२५, सिद्धार्थीनाम संवत्सर। आषाढ शुक्लपक्षको चतुर्थी तिथि ११ः५५ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र अश्लेषा ०९ः४५ बजेसम्म, उप्रान्त मघा, चन्द्रमा राशि कर्कट, सूर्योदय ०५ः१२ बजे र सूर्यास्त ०७ः०२बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आवेशको व्यवहार र सानो असमझदारीले आफन्तजन टाढिन सक्छन्। रोकिएका काम बनाउन पुनः प्रयत्न गर्नुपर्ला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।तार्किक क्षमता बढ्नेछ भने बुद्धिको माध्यमले लक्ष्यमा पुग्न सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। काम गर्ने अवसर प्राप्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सहयोगीहरूले साथ दिने हुँदा रोकिएका काम पनि सम्पादन हुनेछन्। मिहिनेतले नाम र इनाम हातपार्न सफल भइनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बिछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ कामको प्रस्ताव आउनेछ। तर अवसरका साथ केही चुनौती पनि देखा पर्नेछन्। यात्रामा कठिनाइ होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आम्दानीका स्रोत कमजोर हुने समय छ। पछिका लागि लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ।