श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल असार १६ गते सोमबार, ३० जुन २०२५, सिद्धार्थीनाम संवत्सर, आषाढ शुक्लपक्षको पञ्चमी तिथि ११ः५७ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र मघा १०ः२७ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०५ः१३ बजे र सूर्यास्त ०७ः०२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ। छोटो समयमा फाइदा लिन सकिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापारले फाइदा दिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ। व्यावसायिक कर्मले गति लिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
फाइदाको पछि लाग्दा नाम बिग्रन सक्छ। तापनि गरिएका कर्मको उचित प्रतिफल पाइनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरूलाई दिएको धनमाल पछि आफैलाई आवश्यक पर्न सक्छ। मान्यजनको साथसहयोग प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापारमा अवश्यै लाभ हुनेछ। चुनौती पन्छाएर पनि काममा जग बसाउने मौका छ।रचनात्मक काममा जुट्ने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
उद्योग र व्यापारमा सामान्य फाइदै हुनेछ। गरिएका कर्मको सामान्य प्रतिफल पाइनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सानोतिनो काममा सञ्चित रकम खर्चनुपर्ला। बेलामा होस नपु¥याउँदा बाध्यतामा परिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिन रमाइलो रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्।