धरान । सुनसरीको धरानमा सञ्चालित प्राइम भिजन अन्तर्राष्ट्रिय कलेजले ‘नेपालको शीर्ष १० होटल व्यवस्थापन कलेज’ अवार्ड प्राप्त गर्न सफल भएको छ ।
भारत बैङ्लोरस्थित एसियन एजुकेसन रिभ्यूले कलेजलाई अवार्ड प्रदान गरेको हो । नेपालका विभिन्न कलेजहरूबीच प्रतिस्पर्धा गरिएको थियो । उक्तमध्ये कोशी प्रदेशमा प्राइम भिजन पर्न सफल भएको कलेजका प्रमुख कार्यकारी अधिकृत अभिषेक श्रेष्ठले जानकारी दिए । “नेपालभरिका प्रतिष्ठित होटल व्यवस्थापन कलेजहरूमध्ये उत्कृष्ट १० मा हाम्रो पनि कलेज पर्न सफल भएको छ” बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने ।
कोशी प्रदेशमा प्राइम भिजन मात्रै अवार्डेड भएको छ । एसियन एजुकेसन रिभ्यू शिक्षामा आधारित अनुसन्धान म्यागजिन हो । छनोटका आधारमा शैक्षिक गुणस्तर, पूर्वाधार, अभ्यास रुचि, उद्योगसँगको समन्वय र विद्यार्थीको सीप विकास कार्यक्रमका आधारमा मूल्याङ्कन गरेको निर्देशक अनिल श्रेष्ठले जानकारी दिए ।
“हाम्रो आठ वर्षे यात्रामा यसरी महत्त्वपूर्ण उपलब्धि हासिल गर्नु हामी सबैका लागि गौरवको विषय हो” उनले भने । कलेजले व्यवहारिक तथा सैद्धान्तिक दुवै विधिबाट अध्ययन अध्यापन गराउँदै आएको छ । प्राइम भिजनमा एलसीसीआईको मान्यताप्राप्त पाठ्यक्रमको आधारमा अध्यापन गराउँदै आएको छ ।
यसको मान्यता विश्वका विभिन्न कलेजहरूसँग रहेको छ । “नेपालको त्रिभुवन विश्वविद्यालय तथा अन्य विश्वविद्यालयसँग सम्बन्धन छैन तर विश्वका ग्लोबल एजुकेसन दिइरहेका बेलायत, स्कटल्याण्ड, अमेरिका, क्यानडा, अस्टे«लियालगायतका कलेजहरूले यसलाई मान्यता दिएको छ” निर्देशक श्रेष्ठले भने ।