Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • संस्कृति
  • थारू बस्तीमा माघीको चटारो

थारू बस्तीमा माघीको चटारो

alt
  • पुस २५, २०७६
  • काशीराम शर्मा (रासस)
 
थारू समुदायको सबैभन्दा ठूलो पर्व नजिकिएको छ । बाँके र बर्दियाका थारू बस्तीमा माघी पर्वको तयारीले छपक्कै छोपेको छ । थारू समुदायका युवती अहिले घर लिपपोतका साथै जाँड, ढिक्री, रोटीलगायत तयार गर्नमा व्यस्त छन् ।
नयाँ वर्ष आरम्भका रूपमा उल्लासका साथ मनाइने यो पर्वको चहलपहल थारू बस्तीमा शुरु भइसकेको छ । थारू समुदायको माघी पर्व आउन चार दिनमात्रै बाँकी छ । पर्व नजिकिएसँगै थारू बस्तीमा चहलपहल बढेको छ । माघी पर्वलाई भव्यरूपमा मनाउने थारू समुदायका मानिस अहिले माघीको तयारीमा जुटेका छन् । पुरुष माघीका लागि मासुको जोहो गर्न जुटिरहेका छन् । अधिकांश थारू बस्तीमा माघीका लागि आवश्यक माछा मार्नेलगायत कामको चटारो छ ।
 
माघीका लागि जाँड र मासु खानका लागि दुना, टपरी बनाउन थारू युवतीलाई भ्याइनभ्याई छ । माघी थारू समुदायको मुख्य पर्व भएकाले तामझामका साथ मनाउने तयारी गरेको बाँके बैजनाथ गाउँपालिका–१ चिसापानीका हरिप्रसाद थारूले बताए । माघीमा आफन्त आउने भएकाले सत्कारका लागि तयारी शुरु गरेको उनको भनाइ छ । “माघीमा पाहुना धेरै जम्मा हुने भएकाले जाँड, मासु र खानेकुराको जोहो गर्दैछौँ”, चिसापानीकै फूलमती चौधरीले भने ।
 
एक महिनाअघिदेखि नै माघीको तयारी शुरु हुने थारू समुदायमा खानाका परिकार पकाउन काठ, दाउरा अनादि चामलको गुलियो जाँड, रक्सी बनाउनुका साथै दुना, टपरी गाँस्ने तोरीको  तेल पेल्ने काम गरिन्छ । तराईका थारू गाउँ अहिले माघीमय भएका छन् । पुस अन्तिम दिनबाट शुरु भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने माघी पर्वमा पुसलाई बिदाइ गर्दै माघ १ अर्थात् नयाँ वर्षलाई स्वागत गर्नका लागि रातभर नाचगान गरेर जाग्राम बस्ने चलन रहेको थारू अगुवा बताउँछन् ।
 
यो पर्वमा थारू समुदायले विगतको गतिविधिको समीक्षासमेत गर्ने गर्छन् । माघीमा मिठोमसिनो खाने, नाचगान गरी रमाउने चलन छ । “माघी पर्वसँगै थारू समुदायमा विधिवतरूपमा विवाह, अंशवण्डालगायतका कार्यको थालनी हुन्छ”, चिसापानीकै राजकुमार चौधरीले भने, “यस दिन आपसी वैमनस्यलाई त्यागेर आफन्त, इष्टमित्रलाई भेटघाट गरी ढिक्री, मासु, तरुलजस्ता परिकार खाने र खुवाउने चलन छ ।” बालबालिकादेखि वृद्धवृद्धासम्म रमाउने माघी पर्व नै थारू समुदायको मुख्य पर्व भएकाले भव्यरुपमा मनाउने तयारी गरेको टिटिहिरियाका थारू अगुवा चन्द्रबहादुर चौधरीले बताए ।
 
विदेश कमाउन गएका युवा पनि माघी मनाउन घर फर्किन शुरु गरेका छन् । सबैतिर माघीको तयारी चलिरहेको बर्दिया ठाकुरबाबा नगरपालिका–३ मिर्चैयाका हरिप्रसाद थारूले बताए । “गाउँमा साथीहरु मिलेर रमाइलो गर्छौँ”, उनले भने, “माघीको रौनकले विगतका पीडा भुलाइदिन्छ, थारू पर्व उल्लासमय बनाउन लागिपरेका छौँ ।” माघ महिनामा थारू समुदायमा घर फुट्ने, अरुको घरमा कमैया बस्ने/नबस्ने, जग्गा अधिया लगाउने/नलगाउने, बडघर बस्ने/नबस्ने, चौकीदार हेरफेरजस्ता महत्वपूर्ण योजना बनाउँछन् ।
 
पुसको अन्तिम दिन थारू समुदायमा रातभरि आगो ताप्ने, बङ्गुरको मासु, गञ्जी, तरुलजस्ता विभिन्न परिकार बनाएर खाने चलनसमेत रहेको छ । माघ १ गते बिहानै भाले बासेको समय करीब बिहानै २ः०० बजेदेखि नजिकै रहेको खोला, नदीमा नुहाएर आफूभन्दा ठूलासँग आशीर्वादसमेत लिने चलन छ । माघी पर्वमा एकापसमा साथीभाइसँग मिलेर जाँड रक्सीसमेत पिउने र मनोरञ्जन गर्ने गर्दछन् । पछिल्लो समय माघी पर्वलाई भव्य बनाउन थारू महोत्सवसमेत आयोजना गर्न थालिएको छ ।
 
घोँगीको माग धेरै
माघी पर्व शुरु भएसँगै राजापुर नगरपालिका–८ बर्दियाका प्रकाश थारूलाई घोँगी किन्ने ग्राहकको दैनिक फोन आइरहन्छ । पर्व माघी आउन केही दिनमात्र बाँकी हुँदा घरायसी तथा मेला, महोत्सवमा बिक्री गर्न घोँगीको माग अत्यधिक हुने गरेको छ । माग अधिक भए पनि अत्यधिक चिसोका कारण भनेजस्तो घोँगी भेट्टाउन नसकिएको ले बताए ।
 
“घोँगी पठाइदिनुपर्यो भन्दै दिनदिनै फोन आइरहन्छ, तर पुर्याउनै सकेको छैन”, थारूले भन्नुभयो, “यसपालि भनेजस्तो भेट्टाउन सकिएको छैन ।” तीन वर्षदेखि घोँगीको कारोवार गर्दै आएका उनले आफ्नै तलाउबाट घोँगीको जोहो गरेको बताउछन् । थारू समुदायमा घोँगीको परिकारलाई विशेष मानिन्छ ।
 
स्वास्थ्यका लागि उपयोगी मानिने घोँगी पछिल्लो समय हरेक समुदायले रुचाउने गरेका छन् । घरवास, रेष्टुरेण्टमा समेत बिक्री हुन थालेपछि घोँगीबाट राम्रै आम्दानी हुन थालेको प्रकाशले बताउछन् । –––
सम्बन्धित समाचार
कर्माचार्यः मौलिक नेपाली तन्त्र साधनाका सिद्ध जाति

राजेन्द्र रिमाल नेपाल तन्त्रमा आधारित देश हो । नेपालमा पाइने लगभग सबै रैथान ...

महिलाको ‘लिङ्ग चेक गर्ने’ राप्रपा नेतासहित तीनविरुद्ध मुद्दा

विराटनगर । पूर्वमन्त्री तथा इटहरी उपमहानगरपालिका–९ निवासी ६० वर्षीय रामकुमा ...

७२ जिल्लामा फैलियो डेङ्गु प्रदेश सरकारको तयारी के छ ?

धरान । मनसुन लागेसँगै विभिन्न जिल्लाहरूमा डेङ्गु सङ्क्रमण देखिन थालेको छ । ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
कर्माचार्यः मौलिक नेपाली तन्त्र साधनाका सिद्ध जाति
महिलाको ‘लिङ्ग चेक गर्ने’ राप्रपा नेतासहित तीनविरुद्ध मुद्दा
७२ जिल्लामा फैलियो डेङ्गु प्रदेश सरकारको तयारी के छ ?
बालकलाई काम लगाउने उद्योगलाई ५० हजार जरिबाना
प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगितामा संयोग र सगुनको जोडी विजयी
जेसीज सप्ताहमा विविध कार्यक्रम हुँदै
श्रमदानबाट सार्वजनिक सम्पत्ति मर्मत
सीमित फाइदाका लागि अर्बौंको क्षति
आजको राशिफलः २०८२ साल जेठ २७ गते मङ्गलबार
सरकारी वन मास्न सरकार नै सक्रिय
सार्वजनिक स्थलमा प्रहरीमाथि गालीगलौजः कोशी गापाका अध्यक्षविरुद्ध तीनवटा मुद्दामा अनुसन्धान
विपद्बाट हुने क्षति न्यूनीकरणका लागि बिमा र बस्ती स्थानान्तरण
मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’ को सङ्क्रमण पुष्टि
मार्गप्रशस्त गरेर छानबिनमा सहयोग गर्न गृहमन्त्रीलाई माओवादीको सुझाव
निजामती सेवा ऐन शीघ्र जारी गर्न माग
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
धरानमा कार दुर्घटना ३ जनाको मृत्यु, १ गम्भिर
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved