Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • विपत्ले ३० वर्षमा ३८ खर्ब डलरको बाली नोक्सान

विपत्ले ३० वर्षमा ३८ खर्ब डलरको बाली नोक्सान

alt
  • असोज २६, २०८०
  • ब्लाष्ट खबर

प्राकृतिक तथा मानव निर्मित प्रकोपका कारण ३० वर्षमा बाली तथा पशुधनमा ३८ खर्ब अमेरिकी डलर बराबरको नोक्सान भएको सयुंक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले शुक्रबार जनाएको छ ।

बाढी, खडेरी, किराको प्रकोप, आँधी, रोग तथा युद्धका कारण सन् १९९१ देखि २०२१ को बीचमा प्रतिवर्ष एक खर्ब २३ अर्ब डलर बराबरको खाद्यान्न उत्पादन गुमाएको एफएओले एक प्रतिवेदनमा जनाएको छ। यो कूल उत्पादनको पाँच प्रतिशत तथा प्रतिवर्ष आधा अर्ब मानिसलाई खुवाउन पुग्ने खाद्यान्न रहेको समेत प्रतिवेदनमा उल्लेख छ । एफएओले पहिलो पटक विश्वव्यापी तथा व्यक्तिगत दुवै स्तरमा प्रकोपको लागत मापन गर्ने उद्देश्यले यस्तो अनुमान सङ्कलन गर्ने प्रयास गरेको हो । “अन्तराष्ट्रिय समुदायले यो तथ्यको समीक्षा गर्दा सन् १९७० को दशकदेखि प्रकोपहरू चौगुनाले बढ्दै गएको छ, यसले खाद्य उत्पादनको प्रभावलाई बढाएको छ”, एफएओका तथ्याङ्क विभागका उपप्रमुख पिइरो कोन्फोर्टीले भने। एफएओका अनुसार प्रकोपको गम्भीरता र तीव्रता बढ्दै गएको छ । सन् १९७० को दशकमा प्रतिवर्ष हुने यस्ता प्रकोपका घटना एक सयबाट बढेर पछिल्लो २० वर्षमा प्रतिवर्ष चार सय पुगेको छ । यसका लागि मानव र पशुजन्य रोगका साथै मौसम परिवर्तन बढ्दो जिम्मेबार रहेको एफएओको भनाइ छ।

“बाढी, खडेरी, पानीको अभाव, जैविक विविधतामा भएको क्षति र वातावरणीय ह्रासजस्ता असङ्ख्य जोखिमका कारण विश्वभर कृषि क्षेत्र बढ्दो जोखिमले अवरुद्ध छन्”, एफएओले भनेको छ । एफएओले जलवायु परिवर्तन, महामारी र सशस्त्र द्वन्द्वका कारण विपत् जोखिमको प्रणलीगत चालकहरू पहिचान गरेको छ । उक्त संस्थाका अनुसार औसत वार्षिक खाद्यान्न क्षति छ करोड ९० लाख टन हुने गरेको जुन फ्रान्सको वार्षिक उत्पादन बराबर हो । त्यस्तै चार करोड टन फलफुल तथा तरकारीको उत्पादन र एक करोड ६० लाख टन मासु, माछा र अन्डा नष्ट भएको छ। एफएओले विपत्का कारण कृषि क्षेत्रमा करिब २३ प्रतिशत नोक्सानी भएको उल्लेख गरेको छ । त्यस्तै गरिब राष्ट्रहरूले कृषि उत्पादनमा १० प्रतिशतसम्म क्षति बेहोरिरहेका छन् । यसमा पनि एसियासबै भन्दा धेरै प्रवाभित क्षेत्र हो । एसियामा विपत्का कारण कूल कृषि क्षतिको ४५ प्रतिशत र कूल कृषि उत्पादनको चार प्रतिशत बराबर नोक्सान भएको छ। यसै गरी प्रभावित अफ्रिकी राष्ट्रहरूले खडेरीका कारण खाद्यान्न उत्पादनको औसत १५ प्रतिशत क्षति बेहोरेका छन् ।

यो पनि - कोशी प्रदेशको मुख्यमन्त्रीका लागि भोलिसम्म समय थप यो पनि - गाजा सहर खाली गर्न सर्वसाधारणलाई इजराइली सेनाको आदेश यो पनि - सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजनाको डिपीआर ३० महिनाभित्र तयार पार्ने सहमति यो पनि - गैरव्यावसायिक क्रियाकलापमा संलग्न एक सय ७७ फर्म माथि कारबाही, झण्डै ५५ लाख जरिवाना असुल यो पनि - फ्रान्समा विद्यालय परिसरमा छुरा प्रहार गरी एक शिक्षकको हत्या, अन्य दुई घाइते यो पनि - आईएमएफ र विश्व बैंकद्वारा गरिबी र जलवायु परिवर्तनका लागि थप कोष माग
सम्बन्धित समाचार
गहनाको लोभमा मोरङको ग्रामथानमा वृद्धाको हत्या

धरान । मोरङको ग्रामथान गाउँपालिकामा एक वृद्धाको हत्या भएको अवस्थामा आइतबार ...

प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित

काठमाडौँ।प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरुको विरोधका कारण सङ्घीय संसद् प ...

केराबारी आइडलको उपाधि सरला तामाङले हात पारिन्

धरान। मोरङको केराबारीमा आयोजित प्रथम केराबारी सिङ्गिङ आइडलको विजेता केराबार ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
गहनाको लोभमा मोरङको ग्रामथानमा वृद्धाको हत्या
प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित
केराबारी आइडलको उपाधि सरला तामाङले हात पारिन्
चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै
‘खेल पर्यटनका लागि नेपाल उर्वर भूमि हो’
सुन तोलामा तीन हजारले घट्यो
राप्रपाले उपयुक्त समयमा आन्दोलन गर्छः अध्यक्ष लिङ्देन
राष्ट्रपति रनिङ शिल्ड कोशीको छनोट प्रतियोगिताः प्रतिस्पर्धाबाट ३२४ खेलाडी बञ्चित
पूर्व–पश्चिम सडक विस्तारः इटहरी क्षेत्रमा १२४ संरचना भत्किने
आजको राशिफलः २०८२ साल जेठ २५ गते आइतबार
फुटबल खेलाडीलाई भेटे नवनियुक्त महावाणिज्यदूतले
बजेटैपिच्छे धरानवासीलाई सुरुङ मार्गको ‘ललिपप’
कोठा भाडामा लिएर नक्कली नोट छाप्थे गणेश
आजको राशिफलः २०८२ साल जेठ २४ गते शनिबार
सङ्घीय गणतन्त्रको महत्त्वपूर्ण आयाम स्थानीय तह :पूर्वराष्ट्रपति भण्डारी
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
धरानमा कार दुर्घटना ३ जनाको मृत्यु, १ गम्भिर
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved