श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल जेठ २५ गते आइतबार, ८ जुन २०२५, सिद्धार्थीनाम संवत्सर । ज्येष्ठ शुक्लपक्षको द्वादशी तिथि ०७ः२२ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र स्वाती १३ः१४ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमा राशि तुला, सूर्याेदय ०५ः१० बजे र सूर्यास्त ०६ः५७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सहयोग तथा उपहार प्राप्त हुने समय छ। आयआर्जन पनि मनग्य हुनेछ। सुख–दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कामको चापबाट मुक्त रही विश्राम पाइनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा मन रमाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रमाइलो यात्रा हुनुका साथै अतिथिका रूपमा मानसम्मान प्राप्त हुनेछ।स्रोतसाधन जुटाउन केही खर्च र दौडधुप गर्नुपर्ला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पछिका लागि लगानी गर्नुपर्ने समय छ । काममा अरूको मुख ताक्नाले पछि परिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्नै व्यवहारप्रति पछुतो लाग्न सक्छ । प्रयत्न गर्दा विगतका कमजोरी सच्याउन सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सावधानीले पनि क्षतिबाट जोगाउनेछ।आँटेको काम बन्नेछ भने मिहिनेतले सफलताको उचाइमा पु¥याउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययनको लगावले विशेष अवसर दिलाउन सक्छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पशुपालन तथा कृषि क्षेत्रबाट सामान्य लाभ मिल्नेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
केही अवसर प्राप्त भए पनि ईष्र्यालु मन भएकाहरूले सताउन सक्छन्। काममा उल्झनले पछि परिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
साझेदारीमा आन्तरिक प्रतिस्पर्धा बढ्न सक्छ। अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
ईष्र्या गर्नेहरूले सताए पनि परिस्थितिले साथ दिनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ।