पाँचथर । तेह्रथुमको आठराई गाउँपालिका–६ मंसारीमा बलेरो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । 

इटहरीबाट म्याङ्लुङ हुँदै पाँचथरको फिदिम आउँदै गरेको मे. १ ज २५५२ नम्बरको बलेरो दुर्घटनामा परी घाइते भएका सबैलाई पाँचथर जिल्ला अस्पताल फिदिममा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ । 

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेकाले झापातर्फ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी इन्स्पेक्टर रूपेश तामाङले जानकारी दिए ।  बाँकी चार जनाको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको आठराई गाउँपालिका–१ का वडाध्यक्ष कृष्ण बास्कोटाले जानकारी दिए । घटना सोमबार अपरान्ह भएको बताइएको छ ।