काठमाडौँ।सोमबारको तुलनामा आज सुनचाँदीको मूल्य केही घटेको छ। सुन तोलामा २ सय र सोही परिमाणको चाँदी १० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ९० हजार ९ सय कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल एक हजार ९ सय ९५ निर्धारण भएको छ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३ सय५५अमेरिकी डलर कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।