प्रा.डा.भीम खतिवडा
bhimहामी को हौँ, हामी नै जान्दछौँ सबैभन्दा बढी, जसरी म–का बारे ‘म’ बाहेक अरू पूर्ण जानकार नहुन सक्छन् । जीवन अनुभवको भकारी हो । दुःख–सुख, घाम–छाया, उकाली–ओरालीहरू चाहिँ अनुभवका सामल तुमल हुन्, जे जेले भरिन्छ जीवनको भण्डार । मन परबाट नदेखिने ऐनाजस्तो व्यवहारबाट अनुभूत हुन्छ शायद । मातृमनको जयजयकार गर्दागर्दै सालनालसहितको ज्यूँदो नानी प्लास्टिकको पोकोबाट खोल्सीमा फालिएको अवस्थामा सार्वजनिक गरिदिन्छ टिभी च्यानलले । बाबा–मनको विशालता नाप्न खोज्दैमा नाबालिका छोरीको चित्कार सुन्नुपर्छ– सम्साँभैm तिनैबाट बलात्कृत !
ओहो ! बलात्कारको संस्कृति पाल्नु कस्तो बाध्यता हाम्रो † यो कस्तो भोक हो भोगको । कलिको विकृति भनेर चित्त बुझाउन सक्दैन चेतना । समाज मनोविज्ञान भन्छ– भोकहरूको दुनियाँमा भोक जागेर बौलाउँछ जब, तब भोक हत्यारा, बलात्कारी, दुराचारी, अत्याचारी बन्छ । यो भोकको अवतार हो । ठीक छ तर भोकको अवतार गराउने समाजको न्यायपद्धति, वितरणपद्धति, जीवनपद्धति र समकारोबारमा जब धन, मान, प्रतिष्ठाको मापनमा जात, भात, लिङ्ग, परम्परा र सत्तालाई आधार बनाइन्छ, तब जाग्छ प्रेत भएर भोक– अनि साधुहरूले सुलीमा चढ्नुपर्छ र चोरहरू चौतारीमा गफिँदै हुन्छन् ।
    बूढाहरू कलि बलेको देख्छन् । भर्खरै जन्मिएको बाख्राको पाठो बूढीमाउको फाँचोतिर हैन, खुट्टा उचालेर पुच्छरतिर उक्लन तयार हुन्छ । रेडियो बोल्न थाल्छ– ९ वर्षको बालकले ४ वर्षकी बालिकालाई मकैबारीमा बलात्कार गरेको समाचार छ ।
    छिः कस्तो परिवेश बनाइएछ, नयाँ नेपालमा !
....          ....            ....
म बगेछु मृत्युमोहका थरीथरी आयामतर्पm ।
अहिले हामी भोजपुरको दिङ्ला प्रवेश गरिसकेका छौँ । हाम्रो सानो कमिले टोलीले नेताजी बनाएर आधा बाटोबाटै न्यौपाने सरलाई अपरिचित युवामित्रको भट्भटेमा बसालेर अघि नै पठाएको फल– पाकेको भात थियो ।
हाम्रा घुँडा कायल भएपछि आँखामा एउटा सहारा पस्यो– ट्याक्टरको रूप लिएर । मनकारी रहेछन् गुरुजी हाम्रो जीउको भारी लिएर उकालिए । चढेकै जाती, मर्नुभन्दा बौलाउनु बेस भनेभैmँ मात्र । थचारेर, कुटेर, हिर्काएर गोरु चोरलाई दिएको सास्ती बाटोले दियो, ट्याक्टरमार्पmत् तर हामी हाँसिरह्यौँ– हिँहिँ, रुञ्चे हाँसो क्या !
आप्mनो जीवन–कैरन सुनाएर प्रयागजीले मलाई निकै गभ्भीर बनाएको केही अघिको क्षण अब चिनोबानो छैन । सर्पाङ्गी बाटो कतै–कतै त पुसको कुकुरजस्तो तेर्सिने पो भयो कुङ्लिङ ! ०७१ को जेठमा भानु द्विशतवार्षिकीको अवसरमा हामी दिङ्लाको साहित्यिक यात्रामा थियौँ ।
....       ....       .....
    ‘खाना खानुभो सर ?’
    ‘किन खान्थेँ, गाँसका निम्ति साथ छोड्या हो र मैले ?’
ओहो, टङ्क सरको उत्तरले मेरो प्रश्न नै पो छक्क प¥यो । एक घण्टाअघि टुङ्गोमा पुगेर, खाने प्रबन्ध गरेर हामीलाई नै पर्खिबस्नुभएको पो रहेछ । कस्तो विश्वासको चुली बोकेका बूढा मान्छेले । बरु तिनका आँखा रातै भएका छन्  तर मान्छे भने हाम्रा राम्रा !  
आराम तथा भोजनगृह दिङ्ला बजारको पूर्वी प्रवेशलगत्तै हाम्रो मुकाम । तत्काल जुटेका दिङ्लाबासीमा हाम्रो स्वागतको उत्साह देखेर अभैm होैसियौँ हामी । सोमेन्द्र गौतम काकाका भाइ तोया गौतम हाम्रा कुशलक्षेमका प्रथम अभ्यर्थी बन्नुभो । तत्काल जुटे फुर्तिला तनहरू, सग्ला मनहरू ।
भानु बाजेको श्राद्ध हाम्रो अभीष्ट । विवशजीले थमाउनुभएको प्mलास बोर्ड हाम्रो दसी बनेको छ । जुटेका मान्छे विनानिमन्त्रणा, ओहो यस्तो पो उत्साह त !
पुरानो झप्पे रुखले इतिहास बोल्ने प्राचीन खण्डहर बनेको बालागुरु किल्लालाई भाँचिएका मनहरू सङ्लिन कति वसन्त लाग्ने हो, हाम्रो चिन्ता !
आप्mनू ठाउँको शैक्षिक प्रगति– सर्वपक्षीय विकासको प्रथम शर्त बनेकोमा दिङ्लालीहरू विश्वस्त, तर भत्किएका बालागुरुका सपनाबाट उठ्न खोज्ने हिमायतीहरू असजिलो र मन्द गतिमा अघि बढ्न विवश–विवश रहेछन् भन्ने मेरो अनुभूति !
तनभित्र राखेर तातो जाउली, हामी छोटो चिनारी–सभामा जुट्यौँ । अग्लो मनको कद दिङ्लाली बन्धुहरूको, हाम्रो सोचको निखार । हामी नजरे यात्राका जन्तीसिवाय के नै हुन सक्थ्यौँ र ! तर, बन्धुहरूमा विश्वासको कपना बिस्तारै टुसाएको देखियो । आबाल गुरुलाई राष्ट्रिय विभूति बनाउने अभियानमा सरकार र सरदारहरूको पटक्कै ध्यान नगएकोमा सर्वसम्मतिको चिन्ता भो । आगामी समयमा आ–आप्mनू ठाउँबाट सम्मानको परम्परा कायम गर्न गराउन गुरुलाई राष्ट्रिय विभूति घोषणा गर्ने अभियानमा लाग्ने प्रतिबद्धता हाम्रो पनि !
जहाँ षडानन्दनामा एक युगपुरुष जन्मिए र आजीवन सांस्कृतिक जागरण र शैक्षिक चेतनाको दीप बाले र आपूmलाई समर्पित गरे । हो, त्यही दिङ्लाको छातीमा आज उरन्ठेउलो वर्तमान झारबारी र काँडाघारी सजाउन व्यस्त छ । पुराना जति पत्कर ठान्नेहरूले भुर्जपत्र कहाँ चिनून् र !
 चेतना साझा हुन्छ, शिक्षा अधिकार हो, यसको ग्रहणबाट वञ्चना अपराध हो । जातीय आधारमा पढ्न र पढाउन नपाउने संस्कृति अमानवीय स्वभाव हो भनेर ब्रह्मचारी गुरुले संस्कृत वाङ्मयको विशालता र गौरवबोध गर्न तत्कालीन समयका सबै जनतालाई शैक्षिक जागरणको उत्प्रेरणा प्रदान गरेका थिए ।
आजको दिङ्लाले उबेलादेखि बितेको पचासको कालिमापूर्ण दशकअघिसम्म नै सयौँ विद्वान्हरू जन्माएको छ । आधुनिक र परम्परित शिक्षाबाट उत्पादित ती सबै–सबै विद्वत् आकृतिमा बालागुरुको गौरवशाली मुहारको प्रेरक छाया मुसुमुसु हाँसेकै छ ।
ओहो ! दिङ्लाको त वर्तमानभन्दा अतीत पो गौरवशाली लाग्यो मलाई । काव्यगोष्ठी हाम्रो सम्मान थियो भने भानुभक्त साझा स्मारक !
हामी मूलकर्म जो नेपाली भाषाको लोकप्रियता र जीवन्तताका ऐतिहासिक पर्याय भानुको सम्मानमा चढेका छौँ यो पहाडमा आज । दिङ्ला यतातिरको समग्र इतिहास बोल्ने केन्द्र पनि त हो । यहाँ पुगेर मैले एकपटक फेरि निरङ्कुश राणाकालीन परिवेश सम्भेmँ अनि तिनलाई पनि निहुरमुन्टी पारेर स्वाभिमानले कखराको महत्तालाई जनजनसम्म पु¥याउन सफल अधिकारी बाजेलाई एकैसाथ । अहो, यी बाजे बाहुन भएकाले मात्र हैन, शिक्षाका पारखी समयलाई जित्नसक्ने एक महान् व्यक्तित्व र ज्ञानका पौडीबाज मनीषी भएकैले हाम्रा मन–मनमा विराजमान छन् । हो नि, भानुभक्त बाजे र ब्रह्मचारी बाजे दुवैले आप्mनै कर्मका बलले हामीलाई तिनका सम्मानमा निहुरिने विवेकको अन्तज्र्योति दिएका । टङ्क सर, हामी यी दुई महान् नेपालीका छायाचित्र मात्र बोकिहिँड्ने बन्छौँ कि क्या हो जिन्दगीभर !
कस्तो नयाँ अचम्म ! जहाँ संस्कृत मावि साधारणीकृत गरिए पनि मौरीले छाडेको घारजस्तो सुनसान छ, त्यही परिसरमा अर्को आधुनिक मावि घारभरि मौरी र मह कलायुक्त, कस्तो विरूप यथार्थ, धन्य हो गुरुवर !