मोरङ/Fashionova photo(1) विराटनगरमा पहिलोपटक स्थानीय लेडी मोडलहरुलाई व्यावसायिक बनाउन तथा उनीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले नमस्कार होटलमा शनिबार राति अबेरसम्म भव्यरुपमा फेशन शो भएको छ ।
करिज्मेटिक एड्भान्टेज एडरभाइजिङका इन्द्रेश कर्ण र होटल नमस्कारका युनेश राज श्रेष्ठद्वारा फेसनोभा–२०१६ नामक फेशन शो सम्पन्न भएको छ ।
विराटनगरमा पहिलोपटक आएकी पूर्व मिस नेपाल इभाना मानन्धर र फेशन डिजाइनर मनिष राईको डिजाइन तथा मोडल जतिन ताम्राकारको कोरियोग्राफीमा भएको फेशन शोमा विराटनगरका १० जना मोडल ¥याम्पमा ओर्लिएका थिए ।
शनिबार साँझ ७ बजेबाट शुरु भएको ¥याम्पिङमा जब मोडलहरु ओर्लिन थाले, दर्शकहरुको माहोलमा हुटिङ हुन थाल्यो । जम्मा पाँचवटा विधामा ओर्लिएका मोडलहरुले आम दर्शकलाई पर्याप्त मनोरञ्जन दिएका थिए ।
कार्यक्रममा स्थानीय डान्स सेन्टरका कलाकार र गायक सौरभ भट्टराईको प्रस्तुतीले थप मनोरञ्जन प्रदान गरेको थियो ।
फेशन शोमा रेश्मा घिमिरे, सुम्नीमा खापुङ लिम्बू, आश्ना कोइराला, गरिमा श्रेष्ठ, अम्बिका प्रधान, रिया आचार्य, फरिस्ता नेपाल, कामना भुजेल, अनुपमा बाँस्तोला, हर्षा मानन्धर लगायत ¥याम्पमा ओर्लिएका थिए ।