एजेन्सी/ क्यारेबियनमा रेडियोको प्रत्यक्ष प्रशारणको क्रममा दुई पत्रकारको गोली हानी हत्या भएको छ ।

सामाचारमा जनाइए अनुससार मारिनेमा रेडियो प्रस्तोता लुइस म्यनुअल मेडियना र निर्माता लियो मार्टिनेज छन् ।

जसमा परी एक महिला घाइते भएकी छन् । अन्तराष्ट्रिय मिडियाका अनुसार उक्त दर्दनाक घटना सान्तो दोमिन्गोको पूर्वी क्षेत्रमा उक्त घटना भएको हो ।