तेह्रथुम/सात वर्ष अघि थैलीवाट २० रुपैंया झिकेर केही अगुवा महिलाले भविष्यका लागि वचत गर्ने अभियान चलाउदै गाँघर डुल्दा घरका पुरुष सदस्य काम गर्न छोडेर के को वचत अभियानमा हिडेकी ? भनेर हप्काउथे । श्रीमानको हप्काइ र गाली सहेरै भएपनि त्यसताका केही महिलाले शुरु गरेको वचत अभियानमा हाल सम्म आईपुग्दा मेन्छ्यायेम गाउँपालिका बडा नम्वर ५ का ४ सय ८२ महिला सहभागी भएका छन् ।

समुह मार्फत संगठित भएका महिलाहरु अहिले सहकारी संस्थामा आवद्ध भएका छन् । २० रुपैंया वाट शुरु गरीएको वचत अभियानमा ६० लाख रुपैंया जम्मा भएको छ । समुह मार्फत संगठीत भएका महिलाले गाउँमै गौखुरी महिला वहुउदेशीय सहकारी संस्था खोलेका छन् । वचत रकम सहकारीमा आवद्ध ४ सय वढी महिलाको आयआर्जनका लागि लगानी गरीएको संस्थाकी अध्यक्ष पुष्पादेवी गौतमले वताईन् । सहकारीमा बडा नम्वर ४ र ५का ६७ महिला समुह आवद्ध छन् ।

वचत रकम महिला सदस्यलाई वाख्रँ पालन, वंगुर पालन, व्यवसायीक तरकारी खेती, ढाका कपडा उद्यम, कुटानी पिसानी मिल संचालन, अत्यन्त जरुरी घर खर्च लगायतका काममा लगानी गरीएकोे संस्थाकी सचिव गिता गौतमले वताईन् । १ लाख पुंजीवाट सहकारी दर्ता गरेका यि महिलाको सहकारीमा ६० लाख रुपैंया संलकन भएको छ । त्यस मध्ये ४० लाख रुपैंया सदस्य विचमै लगानीमा छ । संस्थाका लागि १ लाख रुपैंया मुल्यमा चारआना जग्गा खरीद गरी भवन निर्माण थालेका छन् । दाता, जिविस, गाविस, महिला तथा वालवालिका कार्यालय लगायतका संग भवन निर्माणका लागि महिलाले सहयोग जुटाएका छन् । सहकारीले सदस्य संग संकलन गरेको ३ लाख रुपैंया भवन निर्माणका लागि लगानी गरेको छ । २ लाख ५० हजार मुल्य वरावरकोे श्रमदान महिलाहरुले नै जुटाएको संस्थाकी व्यवस्थापक सुजता भटराईले वताईन् ।

टोल टोलमा गठन भएका महिला समुहका अगुवाहरुले सहकारीको नेतृत्व सम्हालेका छन् । शुरुवाती दिनमा एक अर्का संग वोल्न र दोहोरो छलफल गर्न समेत धकमान्ने महिलाहरु अहिले खुलेर महिलामाथी हुने भेदभाव, गाउँको विकास, सामाजीक काम तथा सार्वजनीक सरोकारका विषयमा खुलेर भाग लिने गरेको सोही गाउँपालिका प्रमुख यादव खापुङले वताए । महिलाको क्षमता विकास र आयआर्जन वढाउन देउराली सोसाईटी नामक गैरसरकारी संस्था मार्फत महिला समुह मजवुतीकरण कार्यक्रले सहयोग गरेको छ । परियोजना संचालन भएपछि महिला माथी हुने भेदभाव, महिला हिंसा, महिला स्वास्थ्य, सार्वजनीक कार्यक्रममा महिलाको उपस्थिती, घर वाहिरका काममा महिलाको सहभागीता लगायतका गतिविधीमा ग्रामिण महिलाको सहभागीता वढेको जिल्ला समन्वयन समितिकी उपप्रमुख प्रेमलता गैतमले वताइन् ।

समुह हुदै सहकारीमा आवद्ध भएर महिलाले दुर्गम ग्रामिण क्षेत्रमा रहेर पनि वचत र ऋण परिचालन गर्दा गाउँको अर्थतन्त्रमा समेत महत्वपुर्ण सहयोग पुगेको स्थानीय महेश गौतमले वताए । गाउँका विपन्न विद्यार्थी र समुहका सदस्यका परिवारको मृत्यु भएमा पनि महिलाहरु वचत रकम वाट सहयोग गर्छन् । एक दशक अघि सम्म सामान्य घरखर्चका लागि श्रीमानको भरपर्ने महिलाहरु अहिले आफै लाखौं रुपैंयाका मालिक भएका छन् । ‘अव दुईचार पैसाका लागि श्रीमान संग माग्नु पर्दैन’ संस्थाकी अध्यक्ष पुष्पादेवी गौतमले भनिन् ।