Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाज
  • आठ हजार भूकम्प पीडितद्वारा गुनासो दर्ता

आठ हजार भूकम्प पीडितद्वारा गुनासो दर्ता

alt
  • असार १४, २०७६
  • रासस

भूकम्प पीडितको लाभग्राहीमा नपरेका तनहुँका दश स्थानीय तहका आठ हजार ८९२ परिवारले गुनासो दर्ता गराएका छन् । गुनासो दर्ता गराएका मध्ये हालसम्म चार हजार ४६८ परिवारको छुट तथा पुनः जाँच सर्वेक्षणको काम सकिएको छ । असार १५ गतेभित्र सबै घरधुरीको सर्वेक्षण गरिसक्नुपर्ने भए पनि केही स्थानीय तहमा तोकिएकै मितिभित्र सर्वेक्षणको काम नसकिने जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)का प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिए ।

यसअघि गत जेठ मसान्तसम्म सर्वेक्षण गर्ने समायवधि भए पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले समय थप गरेको थियो । व्यास नगरपालिकामा एक हजार ४४२ गुनासो दर्ता भएकामा ४९५, भानु नगरपालिकामा तीन हजार ७८४ गुनासो दर्ता भएकामा एक हजार २१०, बन्दीपुर गाउँपालिकामा ५४५ गुनासो दर्ता भएकामा ३१५, म्याग्दे गाउँपालिकामा ७१७ गुनासो दर्ता भएकामा ४७०, शुक्लागण्डकी नगरपालिकामा एक हजार ५० गुनासो दर्ता भएकामा ६६२, रिसिङ गाउँपालिकामा १२८ गुनासो दर्ता भएकामा ९० घरधुरीको छुट तथा पुनः जाँच सर्वेक्षण गरिएको छ ।

चार स्थानीय तहमा भने गुनासो दर्ता भएका सबै घरधुरीको छुट तथा पुनः जाँच सर्वेक्षण सकिएको गुप्ताले बताए । आँबुखैरेनी गाउँपालिकामा २८८ गुनासो दर्ता भएकामा २८८, देवघाट गाउँपालिकामा २७६ गुनासो दर्ता भएकामा २७६, घिरिङ गाउँपालिकामा १३१ गुनासो दर्ता भएकामा १३१ र भिमाद नगरपालिकामा ५३१ गुनासो दर्ता भएकामा ५३१ घरधुरीको सर्वेक्षण सकिएको छ ।

घरधुरी सर्वेक्षणका लागि ५३ जना प्राविधिक खटिएका छन् । केही स्थानीय तहमा तोकिएकै मितिभित्र सर्वेक्षणको काम सकिए पनि धेरै गुनासो दर्ता भएको स्थानीय तहमा सर्वेक्षणको काम सक्न चुनौती देखिएको गुप्ताको भनाइ छ । छुट तथा पुनः जाँच सर्वेक्षणलाई व्यवस्थितरुपमा सञ्चालन गर्नका लागि जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा सर्वेक्षण सञ्चालन जिल्ला समिति गठन गरिएको छ । उक्त समितिमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, जिल्ला समन्वय अधिकारी र जिल्ला आयोजना कार्यान्वयन एकाइ प्रमुख सदस्य रहने व्यवस्था छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सह–सचिव मुकुन्दप्रसाद निरौलाले पुनःनिर्माणको काममा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । जिल्लामा १३ हजार ८२१ लाभग्राही पहिचान भएकामा १३ हजार ३३७ लाभग्राहीले निजी आवास निर्माणका लागि सम्झौता गरेका छन् । सम्झौता गरेका मध्ये १२ हजार ८८१ लाभग्राहीले पहिलो किस्ता, सात हजारमध्ये ५२४ लाभग्राहीले दोस्रो किस्ता तथा चार हजार ४४ लाभग्राहीले तेस्रो किस्ताबापतको रकम बुझेका छन् । प्रवलीकरणतर्फ ४६६ लाभग्राही पहिचान भएकामा २७१ लाभग्राहीले पहिलो किस्ताबापतको रकम बुझेका छन् ।

सम्बन्धित समाचार
४४ केजी गाँजासहित दुई पक्राउ

धरान । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले दुईवटा मोटरसाइकल ...

क्वालिटी थाई फुड्सको बदमासीः चाउचाउमा रसायन, मालिकलाई उन्मुक्ति, कर्मचारीलाई सामान्य जरिबाना

विराटनगर । ‘बुलेट’ ब्राण्डको तयारी चाउचाउमा मानव स्वास्थ्यका लागि असर गर्ने ...

विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा २१ घाइते

भद्रपुर । झापाको मेचीनगरमा विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना हुँदा २१ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
४४ केजी गाँजासहित दुई पक्राउ
क्वालिटी थाई फुड्सको बदमासीः चाउचाउमा रसायन, मालिकलाई उन्मुक्ति, कर्मचारीलाई सामान्य जरिबाना
विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा २१ घाइते
ट्रान्सफर्मर चोरीमा संलग्न दुई पक्राउ
सुनचाँदी पसलको आवरणमा ठगी
महानगरका माछामासु पसलको अनुगमन
सीमा बैठकः नागरिकको समस्या एजेण्डा बन्नु पर्दछ
आजको राशिफलः २०८२ साल साउन १६ गते शुक्रबार
लम्पी स्किन रोगको सङ्क्रमणः कोशी प्रदेशका १० जिल्लामा ५ सय ५५ पशुको मृत्यु
झोलुङ्गे पुलको भुक्तानी गर्न नगरपालिकालाई सकस
सिरहामा वृद्धको हत्या
कुम्मायकको प्रहरी बिट गायब
क्यान्सर रोगीले बीपीमा पाउँदैनन् बेड
खडेरीको समस्यालाई दीर्घकालीन समाधान गर
आजको राशिफलः २०८२ साल साउन १५ गते बिहीबार
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved