ब्लाष्टखबर। उर्लावारी नगरपालिका वडा नम्वर ३ सुनझोडामा एक व्याक्ती मृत अवस्थामा फेला परेका छन् ।

 पूर्व पश्चिम राजमार्ग देखि लगभग ३० मिटर उत्तर रहेकाे सुनझोडा खोला किनारमा रहेकाे फलैचामा मृत अवस्थामा फेला परेका ती व्याक्तीकाे पहिचान भने खुली नसकेकाे ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएकाे छ ।

शव भेटिएकाे फलैचामा ओछ्याउन प्रयोग गरिने प्लाटिकको म्याट र चिउरा भेटीएकाे बताइएकाे छ ।

शवलाई पोष्टमार्टमका लागि मंगलवारे अस्पतालमा राखिएको छ भने शव पहिचानका लागी आवश्यकीय प्रकृया अगाडी वढाएको प्रहरीले जनाएको छ ।