सुनसरी । सुनसरी भोक्राहा नरसिङ्ग-६ का ५० बर्षिय बिशेश्वर मेहताको करेन्ट लागी मृत्यू भएको छ । आज बिहान साढे ११ बजे आफ्नै घरको छेउमा रहेको कलमा जडान भएको मटर चलाउने क्रममा बिधुत सट भई करेन्ट लागी घाईते भएका मेहताको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रमंमा अपरान्ह १२:५५ बजे मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।