Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • विशेष
  • सदरमुकाम सुनसान: गाउँमा दशैँको चहलपहल

सदरमुकाम सुनसान: गाउँमा दशैँको चहलपहल

alt
  • असोज १९, २०७६
  • विमलबहादुर विष्ट

दशैँ नजिकिँदै गर्दा जिल्लाका विभिन्न गाउँमा स्थानीयवासीको चहलपहल बढेको छ ।

जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल भने सुनसान बन्दै गएको छ । यहाँका जिल्ला सदरमुकाममा अध्ययन गर्ने विद्यार्थी, कर्मचारी व्यापार व्यवसाय गरी बस्ने व्यापारी र सरकारी कार्यालयमा बिदा पछि कर्मचारीसमेत बाहिरिएपछि सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल सुनसान बनेको हो । रोजगार, अध्ययन र अन्य कामका लागि गाउँबाट बहिरिएका चाडबाडका लागि गाउँ फर्केपछि यहाँका ग्रामीणवस्तीमा भने निकै चहलपहल छाएको सायल गाउँपालिकाका स्थानीय सिद्धराज जोशीले बताए ।

उनले भने, “कामको सिलसिलामा गाउँ छोडेर गएका अहिले धमाधम गाउँ फर्किन थालेपछि यहाँका गाउँमा दशैँको निकै चहलपहल बढेको छ, तर शहर बजार भने खाली हुँदै गएका छन् ।” शनिबारदेखि सदरमुकामका बजार करीब करीब सुनसान बनेको दिपायल पिपल्लास्थित अमरपुस्तक पसलका सर्वजित देउवाले बताए । उनले भने, “सबै मान्छे आ–आफना गाउँ फर्किन थालेका छन्, बजारमा व्यापारसमेत घटेको छ ।” बजारमा व्यापार आधाभन्दा बढी घटेको पिपल्लाका अर्का व्यवसायी सन्तोष नेपालीले बताए।

उनले भने, “बजारमा खासै मान्छे देखिदैनन्, ग्राहक नहुँदा बजारसमेत सुनसान बन्दै गएको छ ।” यहाँका बजारमा व्यापार व्यवसाय गर्ने आधाभन्दा बढी ग्रामीण क्षेत्रका विभिन्न गाउँबाट आएका छन् भने कतिपय जिल्ला बाहिरबाट आएर व्यापार व्यवसाय गरीरहेका छन् । उनीहरूसमेत अधिकांश पसल बन्द गरेर गाउँ फर्केपछि यहाँको बजार अहिले सुनसान हुन थालेको हो । बजारभरिमा सुरक्षाकर्मी मात्रै देखिने गरेका छन् । सदरमुकाम बाहिरका गाउँमा भने चहलपहल निकै बढेको छ ।

ग्रामीण क्षेत्रका दर्जनौ गाउँमा चर्खे र लिङ्गे पिङले रमाइलो बढाएको केआईसिंह गाउँपालिका–५ रानागाउँका स्थानीय सुरेन्द्रविक्रम शाहीले बताए । उनले भने, “गाउँमा निकै रमाइलो भएको छ, गाउँबाट बाहिरीएका सबै गाउँघर फर्किदैछन्, अहिले त यहाँका गाउँ बजार भन्दा कम छैनन् ।” त्यस्तै यहाँका ग्रामीण क्षेत्रका पसलमा व्यापार व्यवसाय पनि निकै फष्टाएको स्थानीयबासी बताउँछन् । त्यस्तै यहाँका ग्रामीण क्षेत्रमा रहेका पुराना दरबार, कोट तथा भगवतीका मन्दिरमा दैनिक हुने पूजापाठसमेतले गाउँको रौनक छुट्टै बनाएको छ ।

यहाँका निरौलीकोट, धुर्कोकोट, जोरायल, गड्सेरा, बोगटान, बडिकेदारमा रहेका कोट तथा भगवतीका मन्दिरमा घटस्थापनादेखि नै पूजापाठ गर्नेको भीड लाग्ने गरेको छ । सबै कोटमा एक सातासम्म पूजापाठ गरेर नवमीका दिन पञ्चवलि दिइने चलन रहेको छ । पहिला सधैं सुनसान लाग्ने यहाँका गाउँमा अहिले निकै रमाइलो र चहलपहल बढेको स्थानीयबासी बताउछन् । सदरमुकामको तुलनामा ग्रामीण बजारमा व्यापार व्यवसायसमेत बढ्दो क्रममा रहेको जोरायल गाउँपालिका–१ गैराका स्थानीय छपेस मल्लले बताए ।

सडक सुविधाले गाउँमै खोजेरोजे अनुसारका सबै सामग्री पाइने भएपछि गाउँका बजारमा दिनहुँ भीड लाग्ने गरेको उनले बताए । अधिकांश गाउँलाई सडक यातायातले छोएका कारण पनि स्थानीय अहिले धमाधम आफना गाउँघर फर्किन थालेका हुन् ।

पिपल्ला, अत्तरिया, सिलगढीमा नै दशैंको किनमेल गर्नेले अहिले जिल्लाकै ग्रामीण बजारमा किनमेल गर्ने गरेका छन् । यहाँका ग्रामीण क्षेत्रका बजारमा दशैँको किनमेल गर्नेको भीड बढेको व्यवसायी बताउँछन् । दशैँसँगै गाउँमा सांस्कृतिक कार्यक्रमको रौनकसमेत बढ्दै गएको छ ।

स्थानीय युवा क्लब र काठमाडौँमा बस्ने गरेका यहाँका कलाकारले गाउँ फर्केका बेला रमाइलो गर्ने उद्देश्यले एक दर्जन गाउँमा दशैँको अवसर पारेर सांस्कृतिक कार्यक्रम आयोजनासमेत गरिरहेका छन् । 

सम्बन्धित समाचार
जेसीज सप्ताहमा विविध कार्यक्रम हुँदै

धरान । धरान जेसीजले सधैँ झैँ यस वर्ष पनि जेसीज सप्ताहअन्तर्गत विविध कार्यक् ...

श्रमदानबाट सार्वजनिक सम्पत्ति मर्मत

वराहक्षेत्र । वराहक्षेत्र नगरपालिकामा स्थानीय नागरिकहरूको एउटा समूहले ‘बृहत ...

सीमित फाइदाका लागि अर्बौंको क्षति

नेपाल चिया विकास निगमलाई सरकारी वनबाट करोडौं मूल्यको रूख कटान गर्न दिने प्र ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
जेसीज सप्ताहमा विविध कार्यक्रम हुँदै
श्रमदानबाट सार्वजनिक सम्पत्ति मर्मत
सीमित फाइदाका लागि अर्बौंको क्षति
आजको राशिफलः २०८२ साल जेठ २७ गते मङ्गलबार
सरकारी वन मास्न सरकार नै सक्रिय
सार्वजनिक स्थलमा प्रहरीमाथि गालीगलौजः कोशी गापाका अध्यक्षविरुद्ध तीनवटा मुद्दामा अनुसन्धान
विपद्बाट हुने क्षति न्यूनीकरणका लागि बिमा र बस्ती स्थानान्तरण
मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’ को सङ्क्रमण पुष्टि
मार्गप्रशस्त गरेर छानबिनमा सहयोग गर्न गृहमन्त्रीलाई माओवादीको सुझाव
निजामती सेवा ऐन शीघ्र जारी गर्न माग
खुला माइक कविता वाचन
खेलाडी कसरी बञ्चित भए छानबिन गरियोस्
आजको राशिफलः २०८२ साल जेठ २६ गते सोमबार
गहनाको लोभमा मोरङको ग्रामथानमा वृद्धाको हत्या
प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
धरानमा कार दुर्घटना ३ जनाको मृत्यु, १ गम्भिर
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved