Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • विशेष
  • कात्तिकले ल्यायो डोम समुदायमा खुशी

कात्तिकले ल्यायो डोम समुदायमा खुशी

alt तस्बिर : गुगल
  • कार्तिक ५, २०७६
  • रासस

महोत्तरी । घरआँगनमा आइपुगेका अतिथिसँग मुखको बोलीले शिष्टाचार निभाई रहे पनि प्रगाश मरिकको हात भने कप्टेरा उन्दै छिटी बनाउनमै ब्यस्त छ । मुखमा आएको दीपावली र छठ पर्वमा माग भएका बाँसको चोया र कप्टेराले बन्ने डाली, छिटी, नाङ्लो–चाल्नो, पङ्खा, कोनियाँ र अन्य खेलौंना तयार गर्न भ्याइनभ्याई परेपछि प्रगाशसहितका महोत्तरीका सबैजसो गाउँ/नगर बस्तीका डोम समुदायको ब्यस्तता बढेको हो ।

महोत्तरीको भङ्गाहा नगरपालिका–५ सिद्धपुर बस्तीको मुखमै सानो खरले छाएको झुप्रो प्रगाशको घरसंसार हो । दशैं सिद्धिएर कात्तिक कृष्णपक्ष शुरु हुनासाथ प्रगाश दिनरात नभनी चोया र कप्टेराबाट डाली, छिटी, नाङ्लो–चाल्नो, पङ्खा, कोनियाँ र अन्य खेलौंना बनाउन ब्यस्त हुनुभएको हो । राति अबेरसम्म चोया र कप्टेरा चलाउँदा चलाउँदै ओछ्यानमा ढलेका प्रगाश बिहान आँखा उघ्रनासाथ त्यही चोया र कप्टेरामा हात पुर्याउछन्र ।

चन्द्रमास गणनाले कात्तिक कृष्णपक्ष टेक्नासाथ प्रगाशजस्तै महोत्तरीसहितका मध्यपूर्वी तराईका अतिविपन्न डोम समुदायको अनुहारमा खुशी झल्कन्छ । यो पक्षको अन्तिममा पर्ने दीपावली र त्यसलगत्तै कात्तिक शुक्लपक्षमा शुरु हुने छठ पर्वमा आफ्नो शीपले बजार पाउने भएपछि यी पर्व डोमका लागि खुशी र उमङ्गको बन्ने गरेको छ ।

बाँसका चोया र कप्टेराबाट विभिन्न प्रकारका सामान (चोया र कप्टेराबाट बन्ने राखनधरनका सामान) बनाउने पूख्र्यौली पेशाका डोम दीपावली र छठमा यी सामानको माग बढ्ने भएपछि खुशी देखिने गरेका हुन् । दीपावली र छठ नजिकिँदै आउँदा यहाँका अतिविपन्न डोम जातिको बसोबास रहेको दलित बस्तीमा राम्रो कमाइ हुने आसमैं खुशी छाउने गरेको छ ।

यहाँ दीपावली र छठमा बाँसको चोया र कप्टेराले बन्ने डाली, छिटी, नाङ्लो—चाल्नो, कोनियाँ र पङ्खासहितका सामान पूजाआराधनासँगै जोडिने भएकाले यस्ता सामान बनाउने पुख्र्यौली व्यवसाय अँगाल्दै आएका डोम बस्तीमा अहिले ब्यस्तता बढेको हो । डोम बस्तीमा अहिले बाँस खोजेर ल्याउने, फट्याउने, कप्टेरा र चोया काढ्ने र मागअनुसारका सामान बुन्ने काममा परिवारका सबै सदस्य ब्यस्त देखिन्छन् ।

घरमूलीदेखि पाँच/सात वर्ष उमेर कटेका नानीहरु पनि लगनका साथ काममा ब्यस्त भएका देखिदो छ । अन्य बेला अभाव नै अभावमा गुजारा चलाउने डोम समुदायमा मिठोमसिनो खाने, राम्रा लुगा लाउने र स–साना नानीहरुको रहर पूरा गर्ने भाखा पनि घरमूलीले दीपावली र छठ जोडेर राख्ने गर्छन् । “के गर्नु हजुर, वर्षभरिको नगद खर्चको जोहो गर्ने बेला यही हो, अहिले चुके वर्षभरि नगद हेर्न पाइँदैन,” भङ्गाहा–५ सिद्धपुरको डोम बस्तीका अगुवा प्रगाश भन्छन् – “स–साना नानीहरुको रहर र चाहना हामीले दीपावली र छठ पर्वमा पूरा गर्ने आस साँचेका हुन्छौं ।” अन्य बेला आफ्ना शीपको खासै माग नहुने हुँदा वर्षभरिको नगद खर्चको जोहो पनि यसै बेला गर्न पर्ने दबाब हुने गरेको प्रगाशको थप भनाइ छ ।

दीपावली नजिकिएर बाबु/आमा काममा ब्यस्त भएसँगै सामान बनाइदिन भन्न आउने ग्राहक बाक्लिएपछि स–साना नानीको फर्माइस पनि बाक्लिने गरेको छ । “माय, दिबालीआ छठमें हम गुड्डी उडायब्, हमरा बहुते रङ्गके गुड्डी लादिहे,” (आँमा, म तिहार र छठ पर्वमा चङ्गा उडाउँछु, मलाई रङ्गीबिरङ्गी चङ्गा ल्याइदिनु होला) पर्वका लागि माग भएका कप्टेरा र चोयाका सामान बुनिरहेकी बर्दिवास–१ की रामकली मरिकको छेउमै खेल्दै आइपुगेका छ वर्षीय छोरा रमुवा मरिकले माग गरे ।

रामकलीले रमुवालाई दीपावलीमा चङ्गा ल्याइदिने बताउनुभएको छ । शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता आफ्नो हक हो भन्ने कुराबारे पूरै बेखबर डोमहरु स–साना पराले झोपडीमा पुस्तौंदेखि गुजारा चलाइरहेका छन् । चरम गरीबी र अशिक्षाले जकडिएका डोम समुदायका लागि ठूलाबडाको मृत्यु हुँदा अग्नि संस्कारमा आगो बेचेर प्राप्त हुने आम्दानी, श्मसानघाटमा फालिएका बाँसका घोचा सङ्कलन गरेर बनाइएका चोयाका सामान बेचेर प्राप्त हुने आम्दानी र सुँगुर पाल्ने पुख्र्यौली पेशाबाट प्राप्त हुने आम्दानी नै जीवन गुजाराको सहारा रहँदै आएको छ ।

तिहार र छठ चैं आपूmहरुले पनि निष्ठापूर्वक मनाउने भएकाले यी पर्वमा प्रयोग हुने सामग्री नयाँ बाँस किनेर पवित्र मनले बनाउने गरिएको डोमहरु बताउँछन् । जिल्लाभरिमा एक हजार ५० (२०६८ सालको जनगणनाअनुसार) मात्र जनसङ्ख्या रहेको डोम जाति जिल्लाका प्रत्येक जसो बस्तीको पुछारमा छुट्टै बस्तीजस्तो देखिने गरी एक/दुई घरमा बसोबास गरेका भेटिन्छन् ।

मधेशमा अत्यन्त पछि परेका जाति समुदायभित्रका डोमको नयाँ लुगा किन्ने, आफन्तकहाँ भेट्न कोशेली बनाउने, स–साना नानीको रहर पूरा गरेर वर्षको अन्तसम्म नून तेलको जोहोसमेत तिहार र छठको कमाइबाट हुने गरेको छ । “गरीब छौं, चाहिंदो खर्चको पनि अभाव छ तर, स–साना नानीको मन त हो, गाउँमा अन्य समुदायका नानीका हातमा जे देख्छन्, घर आएर त्यसैको फर्माइस गर्छन्,” लोहारपट्टी नगरपालिकाको डोठारा बस्तीका रामलाल मरिकले भने – “नानीहरुले भनेको कुरा दिन नसक्दा मन कुँडिन्छ, यतिबेला भने आफ्नो गच्छेले भ्याएसम्म नानीहरुको रहर हामी पूरा गर्छौं ।”

मुलुकमा अवसरबाट पछि परेका सिमान्तकृत जाति समुदाय, गरीब र दलितहरुको उत्थानका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको बजेट भाषण र सम्बोधनमा सुनिने गरिए पनि ती कार्यक्रम भने जिल्लाका डोम जातिको बस्तीमा नपुगेको सामाजिक अभियन्ताहरुको टिप्पणी छ ।

सरकारी कार्यक्रमहरुको प्रभावकारी अनुगमन नहुँदा अवसरबाट पछि पारिएका डोमसहितका जाति समुदायको उत्थानको काम हुन नसकेको भङ्गाहा–४ की राजनीतिक कार्यकर्ता हीरादेवी दाहाल बताउनुहुन्छ ।

सम्बन्धित समाचार
जेसीज सप्ताहमा विविध कार्यक्रम हुँदै

धरान । धरान जेसीजले सधैँ झैँ यस वर्ष पनि जेसीज सप्ताहअन्तर्गत विविध कार्यक् ...

श्रमदानबाट सार्वजनिक सम्पत्ति मर्मत

वराहक्षेत्र । वराहक्षेत्र नगरपालिकामा स्थानीय नागरिकहरूको एउटा समूहले ‘बृहत ...

सीमित फाइदाका लागि अर्बौंको क्षति

नेपाल चिया विकास निगमलाई सरकारी वनबाट करोडौं मूल्यको रूख कटान गर्न दिने प्र ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
जेसीज सप्ताहमा विविध कार्यक्रम हुँदै
श्रमदानबाट सार्वजनिक सम्पत्ति मर्मत
सीमित फाइदाका लागि अर्बौंको क्षति
आजको राशिफलः २०८२ साल जेठ २७ गते मङ्गलबार
सरकारी वन मास्न सरकार नै सक्रिय
सार्वजनिक स्थलमा प्रहरीमाथि गालीगलौजः कोशी गापाका अध्यक्षविरुद्ध तीनवटा मुद्दामा अनुसन्धान
विपद्बाट हुने क्षति न्यूनीकरणका लागि बिमा र बस्ती स्थानान्तरण
मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’ को सङ्क्रमण पुष्टि
मार्गप्रशस्त गरेर छानबिनमा सहयोग गर्न गृहमन्त्रीलाई माओवादीको सुझाव
निजामती सेवा ऐन शीघ्र जारी गर्न माग
खुला माइक कविता वाचन
खेलाडी कसरी बञ्चित भए छानबिन गरियोस्
आजको राशिफलः २०८२ साल जेठ २६ गते सोमबार
गहनाको लोभमा मोरङको ग्रामथानमा वृद्धाको हत्या
प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
धरानमा कार दुर्घटना ३ जनाको मृत्यु, १ गम्भिर
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved