Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • पर्यटन
  • गिद्धको नयाँ प्रजाति फेला

गिद्धको नयाँ प्रजाति फेला

alt
  • फागुन १६, २०७६
  • ब्लाष्ट खबर

प्रकृतिको कुचिकार मानिएको गिद्धको नयाँ प्रजाति जाजरकोटमा फेला परेको छ । समुद्र सतहदेखि एक हजार ७०० मिटरको उचाइ रहेको वारेकोट गाउँपालिका–१ आग्रखोलामा राज नाम गरेको एक जोडी गिद्ध भेटिएको हो ।

जाजरकोटमा चरा, अन्य लोपोन्मुख जन्तुको संरक्षण तथा खोजीमा क्रियाशील गोविन्दबहादुर सिंहका अनुसार बारेकोट गाउँपालिकाको जङ्गलमा भेटिएको गिद्ध विश्वकै लोपोन्मुख चराका रुपमा रहेको छ । अरुभन्दा फरक गुण र स्वभाव गरेको यो राजगिद्ध नेपालको तराई भेगमा पाइने भए पनि जाजरकोटमा यसको वासस्थान रहेछ भन्ने प्रमाणित भएको सिंहले बताए ।

राजगिद्ध अरुको मुखको सिनो पनि खोसेर खाने तथा सिनो खाइरहेको अवस्थामा कुनै पनि गिद्धले यसलाई आक्रमण गर्न नसक्ने स्वभाव भएको चराका रुपमा लिने गरेको उनले जानकारी दिए । यसअघि जाजरकोटलाई बासस्थान बनाएका सेतो, हाडफोर, सुन र हिमाली गिद्ध गुँडसहित भेटिएका छन् । पछिल्लो समयमा सिमलको रुख विनाश तथा सिनोमा विषादी मिसिएकाले यसको सङ्ख्या घट्दो रहेको पक्षी विज्ञको भनाइ छ ।

गिद्ध संरक्षणका लागि आहारको व्यवस्थापन र सिमलका रुखको संरक्षण गर्नुपर्ने उनीहरुको सुझाव छ । यहाँको वनस्पति र जीवजन्तुको उचित संरक्षणमा राष्ट्रियस्तरको कार्यक्रम बन्न जरुरी रहेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए। उनले गाउँपालिकास्तरबाट हुने कार्यक्रम सानो हुने र केन्द्रीयस्तरबाट नै महत्वसाथ जाजरकोटमा पाइएका, पाइन सक्ने जीवजन्तु, चराको खोजी र संरक्षणमा पहलको खाँचो रहेको बताए ।

यहाँ विश्वकै दुर्लभ जनावर रेडपाण्डा, दुर्लभ पक्षी चिरकालिजलगायत अन्य जीवजन्तु पाइएका छन् । स्थानीय जनता, सरकार र सरोकारवालाले जाजरकोटको जैविक विविधता, यहाँ भेटिएका विश्वकै दुर्लभ पक्षी, जनावर बचाउन तथा यसको वृद्धि गरेर विश्वलाई नै सन्देश दिन सकिने पक्षी, जनावरको खोजी तथा संरक्षणकर्ता सिंहले बताए। उहाँले सबैको चासो हुने हो भने जाजरकोट महत्वपूर्ण दुर्लभ पक्षी तथा जनावरको पर्यटकीय गन्तव्य बन्न सक्ने बताए ।

लोपोन्मुख पक्षी तथा जनावरको संरक्षणका लागि जाजरकोटका स्थानीय तहले खासै पहल नगरेको पाइएको छ । वन तथा वातावरण मन्त्रालयले बारेकोट गाउँपालिका, नलगाड नगरपालिका र कुशे गाउँपालिकालाई विशेष संरक्षित क्षेत्र घोषणा गर्न अध्ययन कार्य पूरा गरेको छ ।

सम्बन्धित समाचार
खुला माइक कविता वाचन

धरान । फेसबुक पेज धरान वजले शनिबार धरानमा खुला माइक कविता वाचन कार्यक्रम आय ...

खेलाडी कसरी बञ्चित भए छानबिन गरियोस्

राष्ट्रपति रनिङ शिल्ड कोशी प्रदेशको छनोट प्रतियोगिता सुरू भएको छ । तर १४ जि ...

आजको राशिफलः २०८२ साल जेठ २६ गते सोमबार

श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल जेठ २६ गते सोमबार, ९ ज ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
खुला माइक कविता वाचन
खेलाडी कसरी बञ्चित भए छानबिन गरियोस्
आजको राशिफलः २०८२ साल जेठ २६ गते सोमबार
गहनाको लोभमा मोरङको ग्रामथानमा वृद्धाको हत्या
प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित
केराबारी आइडलको उपाधि सरला तामाङले हात पारिन्
चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै
‘खेल पर्यटनका लागि नेपाल उर्वर भूमि हो’
सुन तोलामा तीन हजारले घट्यो
राप्रपाले उपयुक्त समयमा आन्दोलन गर्छः अध्यक्ष लिङ्देन
राष्ट्रपति रनिङ शिल्ड कोशीको छनोट प्रतियोगिताः प्रतिस्पर्धाबाट ३२४ खेलाडी बञ्चित
पूर्व–पश्चिम सडक विस्तारः इटहरी क्षेत्रमा १२४ संरचना भत्किने
आजको राशिफलः २०८२ साल जेठ २५ गते आइतबार
फुटबल खेलाडीलाई भेटे नवनियुक्त महावाणिज्यदूतले
बजेटैपिच्छे धरानवासीलाई सुरुङ मार्गको ‘ललिपप’
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
धरानमा कार दुर्घटना ३ जनाको मृत्यु, १ गम्भिर
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved