विजयपुर/ प्रतिष्ठानमा उपचाररत शोभाको उपचारका लागि आर्थिक सहयोग जुट्न थालेको छ । उनको उपचारका लागि दलित महिला सञ्जाल धरानले १० हजार रुपैयाँ प्रदान गरेको छ ।
महिला सञ्जालको सक्रियता र दलित विकास समिति, दलित युवा सञ्जालको पहलमा आर्थिक सहयोग गरेको हो ।
उनीहरूले प्रतिष्ठानमै पुगेर पीडितकी आमा सीता दर्जीलाई रकम हस्तान्तरण गरेको सञ्जालकी अध्यक्ष शकुन्तला भुसाल (युनिसा) ले जानकारी दिइन् ।
आर्थिक अवस्था कमजोर भएकी शोभाको परिवारले साथमा भएको ८–१० हजार रुपैयाँ पनि अन्य अस्पतालमा उपचार गर्दा र धामीझाँक्री लगाउँदै सकिएको जनाएको छ ।
प्रतिष्ठानमा भर्ना गर्नका लागि गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले १५ हजार रुपैयाँ दिएपछि उपचारको लागि प्रतिष्ठानमा ल्याइएको आमा सीताले बताइन् ।