धरान।नेपाली चलचित्र नरसिंहा’को कलाकारसहितको टीम प्रचार प्रसारका लागि पुर्वका हलहरुमा आएका छन्।
नेपाली चलचित्रका महानायक राजेश हमाल,अभिनेता राज कटुवाल अभिनेत्री सानिशा भट्टराई, निर्माता नरेन्द्र महर्जन र वितरक छविराज ओझा सहितको टीम धरानमा सोमबार चलचित्रको प्रचारप्रसार गर्ने आएका थिए। फिल्मको प्रचार प्रसार गर्न पुर्बि नेपालको झापा, बिर्तामोड,दमक, इटहरीमा आएका थिए।
धरान आउदा निकै उत्साहित भएको नायक राजेश हमाले बताए। उनी लामो समय पछि चलचित्र प्रचारप्रसारको लागि धरान आएपनि धरान ससुराली भएकाले पनि धरानको बारे निकै जानकार भएको बताएका छन्। उनिहरुले दर्शकहरूसँग भेटघाट र कुराकानी गरेका थिए। धरानको फ्रेन्ड सिनेमामा भेटघाटका दौरान महानायक राजेश हमालले पत्रकारहरु माझ नरसिंहा चलचित्र सामाजिक, पारिवारिक र न्यायको पक्षमा आधारित कथामा निर्माण गरिएको चलचित्र रहेको बताएका छन्।
उनले निर्देशक दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार गरिएको नरसिंहा’चलचित्रले नेपाली चलचित्र उद्योगमा नयाँ ऊर्जा भर्ने पनि अपेक्षा राखेको हमालले बताए। चलचित्र ‘नरसिंहा’ गएको जेष्ठ ९ गतेबाट देशभरका चलचित्र हलहरुमा प्रदर्शनमा भईरहेको छ। उक्त चलचित्रमा महानायक राजेश हमाल, आशा पौडेल, सनिषा भट्टराई, समाईरा थापा, अमित गिरी, प्रभु श्रेष्ठ, दीपा शाही, प्रशान्त ताम्राकार, अर्जुन श्रेष्ठ, उषा खड्गी, नीति शाह, राज कटुवाल, नीर शाह र सरोज खनाल लगायतका कलाकारहरूको अभिनय गरेका छन्।
राजु विक्रम थापाको छायाँकन रहेको चलचित्रमा कविराज गहतराज र माईकल चन्दको कोरियोग्राफी समावेश गरिएको छ भने चन्द्र पन्तले द्वन्द्व निर्देशन रहेको छ। त्यस्तैगरी चलचित्रमा मिलन श्रेष्ठ र साहिल खानको सम्पादन रहेको छ।