इटहरी। मोरङको बेलबारी वडा नम्बर-२ लालभित्ती स्थित एकै गाउँका ४ जना बालिका बेपत्ता भएका छन्। 

गणतन्त्र दिवशको अवसरमा गाउँमा आयोजित एक कार्यक्रममा सहभागीभई साथी भेटेर आउने भन्दै घरबाट हिडेको चारैजना बेपत्ता भएपछि पीडित परिवार चिन्तामा परेकमा छन्। लालभीत्तीकी १३ वर्षीया जेनिसा नेपाली,१५ वर्षीया सविता परियार,१२ वर्षीया स्मृति कार्की (डोली)र अनुष्का कार्की (डोली) पाँच दिन देखि बेपत्ता भएको बालिकाका अभिभावकहरूले बताएका छन। एकैदिन एकै गाउँका चार जना बालिकाहरू हराएपछि पीडित अभिभावकहरूले इलाका प्रहरीकार्यालय बेलबारीमा खोजिगरि सहयोग पुर्याइदिन अनुरोध सहित उजुरी दिएका छन।

बेपत्ता चारजना मध्ये जेनिसा,सविता सुन्दरहरैचा वडा नम्बर –११ शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययन्नरत बिद्यार्थी हुन भने स्मृति र अनुष्का बेलबारी  वडा नम्बर-२ स्थित कविर माविमा अध्यानरत बिद्यार्थी हुन। पाँच दिन यता बेपत्ता भएका दलित बालिकाहरूको खोज तिब्र बनाएपनि अहिले सम्म कुनै जानकारी आएको छैन्। कोही पनि सम्पर्कमा नआएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।

उजुरीपरे लगत्तै मातहतमा सबैको तस्विर पठाएर खोजीकार्य गर्ने बेलबारी प्रहरी प्रमुख प्रहरीनिरिक्षक कृष्णबहादुर खत्रीले बतागृहमन्त्रीको  यता आफन्त देखि सबै साथीभाइहरूसंग खोजी गर्दा पनि बालिकाहरू नभेटिएपछि परिवार चिन्तामा डुबेको छन्। खोज्नुपर्ने सबै ठाउँमा  खोजी सक्यौ अहिले सम्म पत्ता नलागेको बेपत्ता बालिकाका काका मानबहादुर कार्कीले बताए। 

प्रहरीसंग सहकार्य गर्दै अझै पनि खोजी भइरहेको उनले बताए। ४ जना बालिका बेपत्ता भएका छन। गणतन्त्र दिवशको अवसरमा गाउँमा आयोजित एक कार्यक्रममा सहभागी भएका उनिहरु साथी भेटेर आउने भन्दै घरबाट हिडेको परिवारका सदस्यले बताएका छन्। पाँच दिन सम्म  बेपत्ता भएका  चारैजना सम्र्पकमा नआएपछि परिवार चिन्तामा परेको छन्।