मिलन नाल्बो “गोठालो जेठा” द्वारा लिखित पुस्तक “सम्झनाको सनदुक” संस्मरण हो । पुस्तकमा रिकुटे प्रेम, जन्म, बसाइर्“, छोरीको लास बोकेर आमा, झोडाको नया“ सृजना, स्कुल टु विजय साउण्ड सर्भिस, साइकल, सिला धान, बाह्रघरे काका, पखेटामा मिथक बोकिहि“ड्ने चरा र जोगी, आर्मीफेल भर्सेस पास, तालिम, निगरानी, काठमाडौं सहर हेर्दा लाग्छ रहर, निको, माया मञ्जुर, लिम्बुवानमा पहिचानको प्रारम्भ, पहिचान आन्दोलन, म हि“डे, काठमाडौं टु युके, समर भर्सेस विन्टर, सुनेको बेलायत र भोगेको बेलायत, संस्कार, चारदिवार भित्रको जीन्दगी, देश बेचेर प्रदेश किन्नेहरु, जात र सम्बन्ध, लण्डन सपना र थाम्स नदीलाई अनुरोध गरी जम्मा उनन्तिसवटा निबन्धहरु सङ्कलित छन ।
संस्मरण लेखन लेखकको बाबा नरेश नाल्बोबाट सुरू हुन्छ । ताप्लेजुङ जिल्लाको सान्थाक्रा गाउ“को लाक्चुङ टोलबाट नरेश नाल्बो उर्फ मताने जेठा धरानको घोपा डिपोबाट वि.सं २०२३ सालमा भर्ती÷लाहुर लाग्छन् । उनी पहिले मलायाको सुगापटानी अथवा हालको मलेसियामा रिक्रुट सकेर रिकुटे हुन्छन् । मताने जेठा छुट्टी आउ“छन् । पाङ्गे्रछाता, ग्रिपस्याक, तीनटोटे टर्चलाइट, पेट्रोलमेक्स, कैसेटका साथ पुषेमेला भर्छन् । मेलामा रिकुटेको फुङ्वामा÷सोल्टिनीस“ग भेट हुन्छ । चिनजान हुन्छ । साइनो केलाउ“छन् । चाम्रे, रक्सी÷पङ खा“दै धान नाच्छन् । सुनौली—रुपौली जोखेर विवाह हुन्छ । रिकुटेको छुट्टी मच्छडको आयु पुगे जसरी सकिन्छ । रिकुटे पल्टन फर्कन्छ । यता रिकुटेनीको सुत्केरी अवस्थामा अकाल मृत्यु हुन्छ । अर्को छुट्टी मान्न आएका रिकुटेलाई गाउ“घर सुनसान लाग्छ । घरपरिवारले अर्को विवाह गर्न सुझाव दिन्छन् । चैत—वैशाख महिना लाग्छ । आरु फूल्छ । ‘सापोक तेम्भोक’ (काफल पाक्यो) चराहरु काफल पाकेर रमाइरहेका हुन्छन् । उतिनै बेला रिकुटेले सटुक्कै तेम्बेको ले?वाबाट आशा वनेम नामकी फुङ्वामालाई भगाउ“छन् । याक्थुङ लिम्बू जातिमा उखानै छ कि “खोम्फ्रेक फेक्मा पाः तेल्लुम उम्फुङ फेक्मा माः तेल्लुम” अथवा आरु फुल्दा घर गरिखानू र पैयु“ फुल्दा माइत जानू ।
रिकुटेको पल्टन त जर्मनको धावा सिसागोली नै हो र छुट्टी भएपछि आफन्तजन गाउ“लेस“ग आत्मा खोली रमाउने क्रम चली नै रहन्छ । २०३६ सालमा रिकुटेकी जेठी छोरीको जन्म शीला जन्मिन्छे । त्यसको वर्षदिनपछि माइली छोरी शशी जन्मिन्छे । उनको मृत्यु हुन्छ । त्यसको दुईवर्षपछि जेठो छोरा मिलन वा यो पुस्तकको लेखक गोठालो जेठाको जन्म हुन्छ । उनलाई पनि ठूलो हैजा लाग्छ । हर्क फेन्दुवा मादेन थरीका लिम्बूले वैदाङ्गी विधिबाटै मिलनको चोला थामिदिन्छन् । रिकुटे मताने जेठाको परिवार कहिले रोदनमा डुब्छ त कहिले हा“सोमा मुस्कुराउ“छ । अन्ततः रिकुटे मताने जेठाले तमोर सुसाएर बगे जसरी बसाइ“ सर्ने निर्णय लिन्छन् । मताने जेठाको घरमा गाउ“भरिका आफन्त जम्मा हुन्छन् । सबैले गहभरि आ“शु झार्छन् । आफन्तले मताने जेठालाई “धानको भात खान गए पनि माया नमार है” भन्दै बिदा दिन्छन् । यसरी रिकुटे मताने जेठाको परिवार २०४० सालमा मोरङको पथरीमा बसाइँ सर्छ ।
२०४१ सालमा मताने जेठाको कान्छी छोरी शर्मिलाको जन्म हुन्छ । तर रिकुटे मताने जेठाको परिवारलाई दुर्भाग्यले पछ्याइरहन्छ । विराटनगरको अस्पतालमा शर्मिलाको मृत्यु हुन्छ । उनकी आमाले बहिनीको लाशलाई पिठ्यु“मा बोक्छिन् र दमक आउने बस कुर्छिन् । बसमा चढ्छिन् र लाशलाई काखमा राखेर बस्छिन् । उनलाई अरु यात्रुहरुले चासो राख्छन् कि छोरी कति ज्ञानी रहिछिन् भनेर । मान्छेको वास्तविक भोगाइ कसैलाई थाहा हुन्न ।
मताने जेठाको परिवार झोडामा खेती गर्न थाल्छ । छरछिमेकले सुब्बा—सुब्बेनी भनेर चिन्न थाले । मताने जेठाका कान्छा छोरा २०४४ सालमा लोकेन्द्र जन्मिए । सहकाल आयो । वर्षात् बढी मात्रामा भयो । छरछिमेक सबै मिलेर चन्दा उठाएर स्कुल खोलिने भयो । मिलन पनि स्कुल जान थाले । मिलनलाई स्टुडियोमा गएर रामकृष्ण ढकालका गीतहरु सुन्न मन पर्छ । साइकल कुदाउ“छन् । साथीहरुस“ग मिलेर सिला धान बटुली बेचेर देउसी खेल्नका लागि सामानहरु किन्न थाल्छन् ।
२०५८ सालमा मिलन नेपाल आर्मीमा भर्ती हुन्छन् । एकातिर माओवादी जनयुद्ध चर्किरहेको थियो । अर्कोतिर तालिम गराउने गुरूजीहरुको रूखो स्वभाव मिलनलाई मन पर्दैन । अनि मिलन हिले, धनकुटा ब्यारेकबाट भाग्छन् । घर फर्किएप्छि उनलाई माओवादीले आर्मीको सुराकी ठानेर निगरानीमा राख्छन् । अन्ततः उनी माओवादी बन्न बाध्य हुन्छन् । बालबालले ज्यान जोगाउ“छन् र काठमाडौं भाग्छन् । काठमाडौंका होटलहरुमा रिसेप्सनिष्टको जागिर खान्छन् । काठमाडौंको दलाली जीवनशैली र प्रदूषणयुक्त जीवन भोगाइले उनी डिप्रेसनमा पुग्छन् । उनलाई जण्डिस हुन्छ । मिलन घर फर्कन्छन् । इटहरीमा कपडा व्यवसाय थाल्छन् । एकदिन अचानक फिल्मी शैलीमा तरहराको पानीपियास्थित हावाघरमा उभिएकी सन्तोषीलाई देख्छन् र प्रेम प्रस्ताव राख्छन् । अन्ततः बा“सको कर्ची भा“च्दै भूईंतिर हेर्दै गोठालोको प्रेम प्रस्ताव सन्तोषीले स्वीकार्छिन् । सन्तोषीको पुख्र्यौली घर चाहिँ खोटाङको चिउरीडाँडा रहेछ । उनका हजुरबा उबेला दबेलाका नामी जिम्मावाल मुखिया रत्नबहादुर कठायत रहेछन् ।
गणतन्त्र घोषणा भयो । नया“ संविधान निर्माणका लागि विभिन्न जातजातिहरुले नया“ संविधानमा आफ्ना मुद्दाहरु समेट्न चासो राख्न थाले । संविधान सभाको चुनावीे माहोल बन्छ । अरूणपूर्वमा लिम्बुवान स्वायत्त राज्य निर्माणका लागि अरूणपूर्व बन्दका कार्यक्रमहरु तय हुन्छन् । २०६३ साउन २७ गते सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र लिम्बुवान सम्बद्ध परिषद्को स्थापना हुन्छ । २०६३ मङ्सिर २६ मा इटहरीको बूढीखोलामा दुर्गा वनेमको आ“खा फुट्छ । मिलनले २०६४ मा मोरङ जिल्लाको नेतृत्व लिन्छन् । लिम्बुवान प्राप्तिको आन्दोलनकै क्रममा २०६४ असोज २० गते झापाको कमलखोलामा राजकुमार आङ्देम्बे “माङ्तोक” सहिद हुन्छन् । २०६५ चैत ६ गते झापाको धुलाबारीमा मनिल तामाङ सहिद हुन्छन् ।
२०६५ मा लेखक छोरीस“ग एकैछिनमा आउ“छु भनेर झुट बोल्दै काठमाडौंंबाट यु.के. प्रस्थान गर्छन् । लण्डनको चिसो हावाले मिलनको कान चिमोट्छ । लेखकले बेलायतका घरहरु स्कुले विद्यार्थीले लगाएका पोसाकजस्तो एकनासको छानाको रङले बनेका देख्छन् र मनमा काउकुती खेलाउ“छन् नेपालका कम्युनिष्ट नेताहरुले चिच्याई चिच्याई भनेको समाजवाद यही हो कि ? मिलनले मेडस्टोनस्थित चाइल्ड कन्सल्टेन्टको घरमा सानोतिनो बाच्छो जत्रो कुकुर डुलाउने काम पाउ“छन् । छुट्टीपछि मिलन लण्डनका गल्लीहरुमा टोलाउ“छन् । लेखकलाई काठमाडौंको ठमेलमा भेटेका कुइरे कुइरेनीहरु स्नेही र दयालु लाग्थे । सबैले जानी नजानी नमस्ते गर्थे । तर लण्डनमा भने छिमेकीसम्म चिन्न नसकिने निष्ठुरी उपभोक्तावादी समाज भेट्छन् ।
यु.के. मा लाहुरे लाहुरेनीलाई मामामाइजू भनिन्छ र उनीहरुका छोराछोरीलाई भान्जाभान्जी । उनलाई पनि सबैले भान्जा भन्न थाल्छन् । त्यहा“का मामामाइजूहरुस“ग मिलनको संवाद हुन थाल्छ । मामामाइजू भन्छन्, “यहा“ हामी के गरेर बस्नु सबै काममा जान्छन् । नातानातिनास“ग कुरा मिल्दैन । उनीहरुले बोलेको हामी बुझ्दैनौं । हामी बोलेको उनीहरु बुझ्दैनन् ।” लेखक आफ्नो “देश बेचेर परदेश किन्नेहरु” कथा शीर्षकमा लेख्छन्, “यु.के. आएका प्रायः बूढाबूढीको चाहना हुन्छ, आफ्नै माटोमा फर्किने र उतै जीवनका अन्तिम दिनहरु बिताउने ।” उनी थप्छन्, “गौंथलीले गु“ड फेर्छ । घर फेर्छ तर गाउ“ फेर्दैन । याकले लेक फेर्छ तर लेक छोडेर अन्त जान सक्दैन । हामी मानिसभन्दा धेरै गुणा ज्ञानी हु“दा रहेछन् पशुपंक्षीहरु ।”
लेखकलाई प“ुंजीवादी समाजस“ग घुलमिल हुन गाह्रो हुन्छ र लेख्छन्, “समरमा जताततै ढकमक्क फुलेको फूलबाट रस टिपेर हावा उड्दो रहेछ । हावा नै मगमग वासनाले भरिएको हुन्थ्यो । महँगो अत्तर लगाएर हिँडेकी युवतीको शरीरबाट वासना टिपेर उडेको हावा झैं लाग्थ्यो जताततै । तर त्यो वासना सुखको वासना हैन रहेछ । रोग रहेछ ।” उनी “समर भर्सेज विन्टर” कथामा थप लेख्छन्, “ समुद्र किनारतिर नेपाली दिदीबंिहनी पनि गोराहरु झैं टु–पिस लगाएर घाममा सुकिरहेको देख्न थालेँ । हामी नेपालीलाई अरुको सिको गर्न छिट्टै आउ“छ ।” लेखकको “सुनेको बेलायत र भोगेको बेलायत” कथा बडो चाखलाग्दो छ । उनी मानवअधिकारवादी हौं भन्नेहरुले नै मानवीयता बचाउन नसकेको महसुस गर्छन् । मान्छे सबै यान्त्रिक भइसकेका छन् । सबै मान्छे एक्ला छन् । समूह छैन । छिमेकी छन् तर सहयोग छैन । लेखकले बेलायतमा गोरा मरे भने उनीहरुका परिवारका सदस्यले एक्लै घाटमा लगेर दाहसंस्कार गरेर फर्किंदाको कुसंस्कृत र निराशालाग्दो दृश्य बिम्ब कथामा उतार्छन् ।
लेखक आफ्नो मातृभूमिप्रति ओतप्रोत छन् । उनमा देशप्रेम छ । उनी लेख्छन्, “देशमै फर्केर बस्ने घर बनाएको छु । उमेरमा देश हेर्नु र मुख फेर्नु राम्रै कुरा होला तर घर स्वदेश माया मारेर परदेश पस्नु मेरो लागि राम्रो होइन । म फर्किनेछु एक दिन । मैले मनस“ग वाचा गरिसकेको छु ।”
लेखकले आफ्नो पुस्तकमा जीवन कथा वा आफ्ना अनुभवहरुको विवरण प्रस्तुत गरेका छन् । कथाहरुमा प्रेम, रोदन, वेदना, आनन्द, निराशा जस्ता मानवीय भावनाहरु मात्र पाइन्नन्, बरू समाज र देशै बदल्न पहिचान र राजनीति जस्ता विषयवस्तु पनि समेटिएका छन् । लेखक आफ्नो स्वदेशी जीवनशैली र संस्कार÷संस्कृतिप्रति सचेत छन् ।
लेखकले सत्य र तथ्यलाई केन्द्रित गराएर कथाहरुलाई आकर्षक र कथात्मक बनाएका छन् कथाहरु वास्तविक जीवनका घटनाहरुबाट प्रेरित भएर बुनिएका छन् । लेखकले काल्पनिक कथा निर्माण गरेका छैनन् । सत्यलाई कल्पनास“ग मिसाएका छैनन् । देखेको, सुनेको, महसुस गरेको संवेदनशील विवरणहरुले कथालाई जीवन्त बनाएका छन् । कथामा समेटिएका स्थान, भावना, र कार्यहरुको विशिष्टताले पाठकहरुलाई आकर्षित गर्छ । उनका अनुभवहरुबाट प्रतिबिम्ब आउ“छ ।
उन्नाइसौं र बिसौं शताब्दीमा गोर्खा सैनिक र राणाकालीन विदेश सम्बन्धदेखि लिएर जनजाति, दलित र महिला सङ्घर्ष सार्वजनिक स्वास्थ्य प्रणाली, सार्वजनिक नीतिमा वैदेशिक सहायताको प्रभाव र राजनीतिसम्मका अध्ययन गरेका वासिङ्टन युनिभर्सिटीका मानवशास्त्री मेरी डेस चेन लेख्छन्, “वास्तवमा नेपालको सार्वभौम सत्ता लाहुरेहरुले धानेका हुन् ।” वास्तवमा यो पुस्तक एउटा गुमनाम लाहुरे परिवारको कथा हो । मताने जेठाको सिङ्गो लाहुरे जीन्दगीप्रति राज्य बेखबर छ । राज्यस“ग चासो छैन । वास्तवमा नेपालमा लाहुरेहरु को हुन् ? राज्यस“ग उनीहरुको परिचय र योगदानको कुनै अभिलेख छैन ।
वि.सं २०८१ मा प्रकाशनमा आएको नरेश काङ्माङ राईद्वारा लिखित पुस्तक “पानी पतिया” को पृष्ठ ११ मा उल्लेख भएअनुसार पहिलो र दोस्रो विश्युद्धमा ४५ हजारभन्दा बढी गोर्खा सेनाहरु मारिए । नेपाली युवाले पहिलो र दोस्रो विश्वयुद्धमा बेलायती सेनाबाट लडेको कारण सलामी रकम १७ लाख पचासहजार पाउण्ड (सन् १९४७÷वि.सं. २००४ मा ८ करोड ४४ लाख नेपाली रूपैयाँ) नेपालले पाएको थियो (ऐ. पृष्ठ ६५) । बेलायतले डिएफआइडी परियोजनामार्फत् शिक्षा, खानेपानी र स्वास्थ्यका लागि मात्रै सन् २०१७÷१८ मा ९२ मिलियन पाउण्ड (हाल उक्त रकम ३९ अर्ब ७० करोड ५० लाख नेपाली रूपैयाँ हुन आउ“छ) अनुदान दिएको थियो (ऐ. पृष्ठ १८) । भारतले नेपाललाई सहयोग गरेको कारण पनि लाहुर प्रथाकै कारण हो । लाहुरेस“ग सम्बन्धित संस्थाहरुले मात्रै पनि गाउ“घरमा बाटाघाटा, खानेपानी, पुलपुलेसा अनगिन्ती बनाइदिएका छन् ।
लाहुरेहरुले गाउ“, सहरमा बसुन्जेलसम्म गाउ“ धनी थियो । सहर धनी थियो । गाउ“घरमा इमान जमान थियो । धर्म–कर्म थियो । लाहुरेहरुको लगानी शिक्षा र खेलकुदमा विशेष हुन्थ्यो । आज आएर करिब करिब लाहुरेहरुले देश छोडिसकेका छन् । धरान, पोखराजस्ता सहरहरु सुनसान हुन थालेका छन् । उनीहरुले आफ्ना परिवारहरुलाई पनि यु.के.तिरै बोलाइसकेका छन् । बा“की सम्पत्ति पनि लाहुरेले लगिरहेका छन् । आज धरान, पोखराजस्ता ठूल्ठूला सहरका घरमा लाहुरेका घर रूङालुहरु मात्र छन् । आज लाहुरे समाजमा यु.के. जाने र नजाने मर्यादाको विषय बनेको छ । ठूल्ठूला युद्ध लडेर गोर्खाली भनेर संसारमा चिनिएका लाहुरेहरुले आफ्नो ज्यानको बलिदानी दिएर खर्बौं डलर आफ्नो देशमा ल्याए । जातीय सङ्घ÷संस्थादेखि सडक, स्कुल, मन्दिर, माङ्हिम, चर्च जुनसुकै क्षेत्रमा लाहुरेको लगानी छ । वास्तवमा राज्यले लाहुरेहरुलाई आफ्नो देशमा बस्ने वातावरण पनि दिन सकेन । राजनीति, समाजसेवा, दक्ष जनशक्ति उत्पादनमा र उच्च प्रविधि लगानीमा राज्यले लाहुरेहरुलाई कहिल्यै प्रेरित गर्न सकेन । लाहुरेका लागि राज्यले छुट्टै कार्यक्रम ल्याउनु पथ्र्यो । राजनेताहरुले उनीहरुलाई राजनीतिमा लगाउन सकेनन् । आफ्नो देशको लागि केही गर्नुपर्छ भन्ने जिम्मेवारी हु“दाहु“दै बाध्यताले विदेशिएका मिलन नाल्बो “गोठालो जेठा” को संस्मरण हो “सम्झनाको सनदुक” ।
आज लाहुरेहरुको नया“ पुस्ता जो सानैमा विदेश गएका र उतै जन्मिएका उनीहरु विदेशै पलायन हुने निश्चित छ । तर अघिल्लो पुस्ता जो नेपालमा जन्मिए, हुर्किए र विदेश गए त्यो पुस्ता भने नेपालको समाज, इतिहास, संस्कृति र राजनीतिबाट अलग हुन सकेको छैन । नेपालको इतिहास, परम्परा, संस्कृति बचाउने र प्रचार–प्रसार गर्नेदेखि विशेषगरी गणतन्त्र, नया“ संविधानदेखि पहिचानको राजनीतिका लागि विशेषगरी आर्थिक रुपमा थेगेका छन् लाहुरेहरुले । तर अब लाहुरेहरुले आफूलाई आर्थिक र सामाजिक सञ्जालका लागि मात्र आफ्नो भूमिकामा सीमित गर्नु भएन । आज लाहुरेका छोराछोरीले नै हार्वर्ड, क्याम्ब्रिज पढिरहेका छन् । भविष्यमा वित्तशास्त्री, मानवशास्त्री, राजनीतिक व्यक्तित्वदेखि चिकित्सक लाहुरेकै सन्तान बन्ने हुन् । लाहुरे परिवारबाट राज्य र समाजले समाज निर्माण, उच्च प्रविधिमा लगानीदेखि राजनीतिलगायत विभिन्न कार्यहरुमा दक्ष जनशक्तिको भूमिकामा अपेक्षा गर्नुको विकल्प छैन । तर लाहुरेहरुले आफ्ना सन्तानहरुलाई आफ्नो मुलुकप्रति चासो राख्ने वातावरण बनाउन भने बनाउनु पर्छ नै । क्याम्ब्रिज पढेको करिकुलम भिटा सँगसँगै आफ्नो गाउ“को हिमालको उचाइ, पोखरीको गहिराइ, पशुपंक्षी, रूखपातका नामदेखि आफ्ना भाषादेखि आफ्नो समुदाय, नातागोता, वंश अथवा समाजका बारेमा पनि उत्तिकै जान्नु प¥यो । यत्तिका लागि यु.के., हङ्कङ सधैँका लागि छोड्नु पर्दैन । यसकारण मिलन आफ्नो संस्मरणमा भन्छन् कि, “मेरो पुर्खाले बनाएको घर लड्न दिन्न । मैले इतिहासको अभिलेखन गर्नु छ । मुन्धुमी स्थलहरु जगाउनु छ । देश फर्कन्छु र केही गर्नु छ ।”