श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल असार ३ गते मङ्गलबार, १७ जुन २०२५,सिद्धार्थीनाम संवत्सर। आषाढ कृष्णपक्षको षष्ठी तिथि १२ः१७ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र शतभिषा २३ः०३ बजेसम्म, उप्रान्त पूर्वभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्याेदय ०५ः०७ बजे र सूर्यास्त ०७ः०१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

पुरुषार्थी काम प्रारम्भ हुनसक्छ। भेटघाटले उत्साह जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।  

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

दिगो काममा जग बसाउने मौका छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। कामबाट प्रशस्त लाभ हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

श्रमको उचित मूल्याङ्कन हुनाले मनग्य रकम हातलागी हुनेछ। लगानी गर्ने वातावरण बन्न सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

रोकिएका काम सम्पादन हुनेछन् । भौतिक साधन जुट्नाले साहसी काम गरेर लाभ उठाउन सकिनेछ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कमजोरी सार्वजनिक नगर्नुहोला । वादविवादमा अघि नसर्नु होला । गोपनीयता भङ्ग हुन सक्छ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आफ्ना कमजोरी सार्वजनिक नगर्नुहोला। फाइदाका लागि काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला।    

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। दिगो योजना बन्नेछ र पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ।  

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

अवसर प्राप्त भए पनि महŒवाकाङ्क्षाले समस्या निम्त्याउन सक्छ। अनावश्यक सामानमा बढी खर्च हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

साथ दिनेहरू नहुँदा दुःख पाइनेछ। सामान्य काममा धन र श्रमसमेत खर्च हुनेछ। सहयोगीहरू पछि हट्नेछन् । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

जटिल काममा जुट्नुपरे पनि दिन उत्साहबद्र्धक रहनेछ । केही खर्च भए पनि काम बन्नेछ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

विशेष काम गर्न बिहानको समय अनुकूल हुनेछ। अग्रजको सहयोग लिँदा राम्रो हुनेछ।