श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल असार ४ गते बुधबार, १८ जुन २०२५,सिद्धार्थीनाम संवत्सर। आषाढ कृष्णपक्षको सप्तमी तिथि १०ः३८ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र पूर्वभाद्र २२ः०१ बजे सम्म, उप्रान्त उतरभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्योदय ०५ः०७ बजे र सूर्यास्त ०७ः०१ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। रोकिएको काम बन्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिगो फाइदा हुने काम गर्न सकिनेछ। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अवसर प्राप्त भए पनि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पुरानो हिसाबकिताब सुल्झाउन समय लाग्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेतले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ। व्यवसायमा धेरै फाइदा नभए पनि नियमित काम सम्पादन हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ काम थाल्न केही समय पर्खनु परे पनि पूर्वाधार तयार गर्न सकिनेछ।व्यवसायबाट फाइदा हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। उपलब्धिको स्रोत प्राप्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भाग्यले विभिन्न अवसर जुराउनेछ र सफलताको उचाइमा पु¥याउनेछ। सानो प्रयत्नले सजिलै लक्ष्यमा पुगिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
गोपनीयता भङ्ग हुनुका साथै धन बाहिरिन सक्छ। बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनुहोला। नतिजा सच्याउन काम दोहो¥याउनु पर्ला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा आंशिक लाभ भए पनि केही समस्या बढ्नेछन्।