वराहक्षेत्र । नेपाल विद्युत् प्राधिकरण गाईघाटमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर ज्यान गएको छ ।
त्रियुगा नगरपालिका–८ स्थित बागचौरीमा बिजुलीको पोलमा चढेर लाइन मर्मत गर्दै गर्दा करेन्ट लागेर ४५ वर्षीय रामकृष्ण राजधामीको ज्यान गएको हो ।
उक्त घटना गत साउन १३ गते साँझ भएको थियो । उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले जानकारी दिएका छन् ।