Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाज
  • प्रदेश–१ मा ‘म अघि बढ्छु’ अभियान

प्रदेश–१ मा ‘म अघि बढ्छु’ अभियान

alt
  • जेठ ३२, २०७६
  • ब्लाष्ट खबर
 
भद्रपुर /  प्रदेश नं १ सरकारले १३ देखि १९ वर्ष उमेरका विद्यार्थीलाई चरित्रवान, सिर्जनशील, सकारात्मक एवं सामाजिक रुपमा उत्तरदायी बन्न प्रेरित गर्ने उद्देश्यले ‘म अघि बढ्छु’ नामक अभियान शुरु गर्ने भएको छ । प्रदेशका माध्यमिक तहका दुई हजार विद्यालयमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत एक लाख ९७ हजारभन्दा बढी विद्यार्थीलाई सहभागी गराइने सो कार्यक्रम प्रदेश नं १ सरकारले सञ्चालन गर्ने बृहत् कार्यक्रम हुनेछ । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले ‘म अघि बढ्छु’ भन्ने अभियान चालू आर्थिक वर्षमै ‘ड्रिम प्रोजेक्ट’का रुपमा शुरु हुने बताए । । उनले दुव्र्यसनमुक्त, नैतिकवान र देशभक्तिले ओतप्रोत नागरिक तयार पार्न किशोरावस्थामै राज्यले उचित शिक्षा दिनुपर्छ भन्ने सोचका आधारमा प्रदेश सरकारले चालू आर्थिक वर्षबाटै कार्यक्रम शुरु गर्ने गरी सगरमाथा टिन्स क्लब (एसटीसी) सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०७६ लागू गरेको जानकारी दिए ।
अभियानअन्तर्गत सबै विद्यालयमा १५ सदस्यीय ‘सगरमाथा टिन्स क्लव (एसटीसी)’ गठन गरिने कार्यविधिमा उल्लेख छ भने लक्षित उमेर र कक्षाका सबै छात्रछात्रा अनिवार्य सदस्य बन्नेछन् । क्लबमार्फत विद्यार्थीलाई साताको एक दिन नैतिक शिक्षा, देशभक्ति, स्वयंसेवा, विपत् व्यवस्थापन, सकारात्मक चिन्तनसहितका विभिन्न विषयमा पठनपाठन गराइने छ । पढाउनका लागि हरेक विद्यालयमा एक जना शिक्षकलाई ‘शिक्षक नायक’को जिम्मेवारी दिइने भएको छ । प्रदेशमा आन्तरिक मामिला तथा कानूनमन्त्रीको संयोजकत्वमा पाँच सदस्यीय निर्देशक तथा अनुगमन समिति, जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा १४ सदस्यीय जिल्लास्तरीय अनुगमन समिति र स्थानीय तहमा नगरपालिका प्रमुख वा गाउँपालिका अध्यक्षको संयोजकत्वमा १८ सदस्यीय स्थानीय तहस्तरीय समन्वय तथा सहजीकरण समिति गठन गरिने छ । हरेक विद्यालयमा प्रधानाध्यापकको संयोजकत्वमा सात सदस्यीय विद्यालय तहको कार्यक्रम कार्यान्वयन समिति गठन गरिने र विभिन्न विषयका विज्ञ एवं सेलिब्रेटीलाई ल्याएर विद्यालयमा उत्प्रेरणामूलक कक्षा सञ्चालन गरिने छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव भरतमणि रिजालले विद्यालयमा आधारित सचेतना र जागरणमूलक यो कार्यक्रमले विद्यार्थीलाई असल मार्गमा अघि बढ्न अभिप्रेरित गर्ने आशा गरिएको बताउनुभएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले प्रदेश सरकारले लागू गरेको सगरमाथा टिन्स क्लब (एसटीएस) सञ्चालन तथा व्यवस्थापन कार्यविधिबमोजिम जिल्लाका १५ वटै तह र सबै माध्यमिक विद्यालयमा ‘म अघि बढ्छु’ अभियान लैजाने तयारी भइरहेको जानकारी दिए  । आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीको उपस्थिति र प्रजिअ दाहालको अध्यक्षतामा शुक्रबार झापा जिल्ला प्रशासन कार्यालयमा अभियानको जिल्लास्तरीय अनुगमन समितिको पहिलो बैठक सम्पन्न भएको सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले जानकारी दिए । 
सम्बन्धित समाचार
नेपालबाट भटमास र सूर्यमुखी तेल निर्यात उत्साहजनक

काठमाडौँ । पछिल्लो समय तेलजन्य वस्तुको निर्यात नेपालले बढाएको छ । गत आर्थिक ...

मनमोहन विश्वविद्यालयका अवसर र चुनौती

मनमोहन प्राविधिक विश्वविद्यालय कोशी प्रदेश सरकारले २०७६ मा स्थापना गरेको हो ...

सात किशोरीको उद्धार

झापा । वैदेशिक रोजगारीको बहानामा भारत पुर्याइएका सात नेपाली किशोरीलाई सीमाव ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
नेपालबाट भटमास र सूर्यमुखी तेल निर्यात उत्साहजनक
मनमोहन विश्वविद्यालयका अवसर र चुनौती
सात किशोरीको उद्धार
करेन्ट लागेर विद्युत्का कर्मचारीको मृत्यु
आजको राशिफलः २०८२ साल साउन १८ गते आइतबार
४४ केजी गाँजासहित दुई पक्राउ
क्वालिटी थाई फुड्सको बदमासीः चाउचाउमा रसायन, मालिकलाई उन्मुक्ति, कर्मचारीलाई सामान्य जरिबाना
विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा २१ घाइते
ट्रान्सफर्मर चोरीमा संलग्न दुई पक्राउ
सुनचाँदी पसलको आवरणमा ठगी
महानगरका माछामासु पसलको अनुगमन
सीमा बैठकः नागरिकको समस्या एजेण्डा बन्नु पर्दछ
आजको राशिफलः २०८२ साल साउन १६ गते शुक्रबार
लम्पी स्किन रोगको सङ्क्रमणः कोशी प्रदेशका १० जिल्लामा ५ सय ५५ पशुको मृत्यु
झोलुङ्गे पुलको भुक्तानी गर्न नगरपालिकालाई सकस
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved