सिरहा (ब्लाष्ट) प्रदेश नं. २ का सबै स्थानीय तहमा उपभोक्ताको नाममा विकासको काम ठेकेदारमार्फत् गराइरहेको पाइएको छ ।
सिरहाका ठूला तथा साना योजनामा उपभोक्ता समितिमा आफ्नो नजिकको मान्छे राख्दै पछि कमिसनको चक्करमा ठेकेदारमार्फत् काम गराउने स्थानीय अभरेन्द्रकुमार यादबले आरोप लगाए ।
गाउपालिकामा रहेको कर्मचारी तथा जनप्रतिनिधिहरुले पैसाको चलखेल गरी नजिकका व्यक्तिहरूलाई उपभोक्ता समितिमा राख्ने गरेको स्थानीयको गुनासो छ ।