मधुमल्ला /  मोरङको मिक्लाजुङमा रहेको लायन्स क्लब अफ मिक्लाजुङको बर्ष २०१९–०२० का लागि नयाँ कार्यसमितिको पद्स्थापन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार मधुमल्ला पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरि लायन्स क्लब अफ मिक्लाजुङ एम.डी ३२५ को पदस्थापन कार्यक्रम सम्पन्न गरिएको थियो ।
बर्ष २०१९–०२० का लागि लायन सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा २७ सदस्यिय नयाँ कार्य समिति गठन भएको छ । समितिको प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष सचिब र कोषाध्यक्षमा क्रमश गणेश भट्टराई, सन्देश शर्मा, छत्र डाँगी र शमशेर पेहीम लिम्बु रहनु भएको छ । पद्स्थापन कार्यक्रममा शुक्रबार बर्ष २०१८–०१९ का अध्यक्ष रुद्र भण्डारीले नव निर्वाचीत अध्यक्ष सुरेन्द्र श्रेष्ठलाई पद हस्तान्तरुण गर्नु भएको थियो । भने अन्य पदाधीकारी तथा सदस्यहरुलाई आफ्नो पद अनुसारको पद हस्तान्तरण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गदै कार्यैक्रमका प्रमुख अतिथि कोमल शाक्यले लायन्स क्लब अफ मिक्लाजुङले स्थापनाको छोटो समयमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकाले बर्ष २०१९–०२० का लागि गठित समितिले अझ उत्कृष्ठ कार्य गर्न सफल रहोस भन्ने शुभकामना व्यक्त गरे ।