धरान / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको कार्यकारीणी समितिको सदस्यमा प्रतिष्ठानका हाडजोर्नी विभाग प्रमुख डा. पशुपति चौधरीलाई मनोनित गरिएको छ ।
प्रतिष्ठानको ऐन, २०४९ को दफा १० को उपदफा (१) ङ बमोजिम प्रतिष्ठानका विभागीय प्रमुखहरु मध्येवाट उपकुलपतिको सिफारिसमा कार्यकारिणी समितिको सदस्य पदमा प्रतिष्ठानका सहकुलपति एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले डा. चौधरीलाई मनोनयन गरेको हो ।
विभागीय प्रमुखको अतिरिक्त डेपुटी अस्पताल निर्देशक, प्रवक्तालगायत प्रतिष्ठान सञ्चालन तथा व्यवस्थापनका लागि गठित विभिन्न समितिहरुमा रही कार्य गरिसकेका चौधरीसंग राम्रो प्रशासनिक तथा व्यवस्थापकीय अनुभव रहेको छ ।