विजयपुर। धरान–१७ डाँडा घोपावासीहरुले चुरे क्षेत्रमा जताभावी उत्खनन्को विषयमा उत्पन्न  विवाद समाधान भएको छ ।

बिहीबार बिहान जथाभावी उत्खनन् गरेको भन्दै स्थानीयले विवाद गरेका थिए । विवाद भएपछि बिहीबार नै वडा नं.–१७ का अध्यक्षसहित् उपमहानर प्रमुख तिलक राई सर्दु खोलामा पुगेर विवाद समाधान गरेका हुन् ।

स्थानीयसँगको छलफल गरेर समस्या समाधान गरेको अध्यक्ष भट्टराईले जानकारी दिए । सर्दु खोलामा पुगेर स्थानीयले चुरे क्षेत्र जथाभावी उत्खनन् गरेको भन्दै अवरोध गरेका थिए ।

डाँडाघोपा नमुना मार्ग टोल विकास समितिले ढुंगा, बालुवा, मिसगिट्टी उत्खनन गर्दा गत बर्ष पनि खानेपानीको पाइपलाइनमा असर पुगेको भन्दै बिरोध गरेको थिए ।

चुरे क्षेत्र भनेर विगतमा उपमहानगरपालिकाले स्थानीयलाई ढुंगा, गिट्टी निकाल्न रोक लगाउँदै आएको थियो ।

उत्खननका लागि पाथीभारा निर्माण सेवा इटहरीले ठेक्का पारेको थियो । कम्पनीले भने उपमहानगरपालिकाको विधि, प्रक्रिया अनुसार नै उत्खनन् भइरहेको दाबी गरेको छ ।

सेउती जस्तै सर्दु खोलामा  पनि विधि र प्रक्रियाअनुसार उत्खनन भएको प्रमुख राईले बताए । सर्दुबाट उपमहानगरलाई नै आर्थिक लाभ हुने भएकाले समन्वयमा समाधान गर्न सबैलाई प्रमुख राइले आग्रह गरेपछि समाधान भएको हो ।

प्रमुख राईले सर्दु खोलाको ठेक्काबाट धरान उपमहानगरलाई बार्षिक ४० लाख आम्दानी हुने बताए । प्रमुख राईले स्थानीयका समस्या उपमहानगरले समाधान गर्दै अघि बढ्ने बताए ।