विजयपुर/ धरान–१५ अस्थाई प्रहरी चौकीका इन्चार्ज सुमन दाहालाई हतियारधारी युवाको समूहले आक्रमण गरेको छ  ।

धरान १५ को अस्थायी प्रहरी चौकीमा हतियारसहित आएको युवाको समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ  ।

आक्रमणबाट घाइते भएका इन्चार्ज दाहाललाई खुकुरी प्रहार गरिएको प्रहरीले बताएको छ । घाइते इन्चार्जको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय धरानका सई भेषराज राउतले जानकारी दिए ।

आक्रमण के कति कारणले भएको भने खुलको छैन ।