सिरहा । महामारीका कारण लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सेवा यातायात व्यवस्था कार्यालय लहान सिरहा सर्वसाधारणको लागि खुल्ला गर्ने निर्णय भएको छ ।

यातायात व्यवस्था कार्यालय लहानका निमित्त प्रमुख मिन बहादुर भट्टराईले एक सूचना जारी गर्दै भिडभाड नहुनेगरी स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सोमबार देखि कार्यालयको सेवा सुचारुमा आएको हो ।  

कोरोना दोस्रो लहरका कारण स्थगन गरिएको सेवा पुनः सुचारु गर्ने यातायात कार्यालय लहान निमित्त प्रमुख भट्टराईले  बताए ।

वर्तमान अवस्थालाई मध्यनजर गर्दै तत्काल कार्यालयबाट अस्थायी ईजाजत पत्र, तत्काल नबुझाए जरिवाना लाग्ने प्रकृतिका सवारी कर, नविकरण, बाटो इजाजत पत्र, राजश्व दाखिला सेवा, तत्काल नविकरण नभएमा जरिवाना लाग्ने सवारी चालक अनुमति पत्र नविकरण, प्रयोगात्मक परीक्षा पास भई राजश्व बुझाउन बाँकी सेवाग्राहीहरुको राजश्व बुझाउने सेवा मात्र सुचारु हुने यातायात कार्यालय लहानका नायब सुब्बा  विजय दाहालले बताए ।