धरान । धरान–१० का बुद्धबहादुर सम्बाहाम्फेको ४० औं स्मृति दिवसको अवसर पारेर धरान–५ का एकलम महिला तथा असक्त वृद्धवृद्धालाई राहत वितरण गरिएको छ ।
बिहीबार एक कार्यक्रम गरी ५३ घरपरिवारलाई खाद्यान्न वितरण गरिएको हो । सम्बाहाम्फे उत्थान सङ्घका भवनमा गरिएको कार्यक्रममा केन्द्रीय सदस्य हरिप्रसाद सम्बाहाम्फेको प्रमुख उपस्थितिमा सामग्री वितरण गरिएको छ । कार्यक्रममा सङ्घका अध्यक्ष सुकबहादुर सम्बाहाम्फेले राहत वितरणका लागि संयोजनकारी भूमिका निर्वाह गरेका थिए । राहतका लागि बुद्धबहादुरको परिवारले नगद रकम सहयोग गरेका थिए ।