झापा / सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले अति विपन्न एकल महिलालाई एकलाख ५० हजार रुपैयाँ ऋण मिनाह गरेको छ ।

बिर्तामोडको एक अस्पतालमा क्लिनरको काम गर्दै आएकी देवकुमारी दर्जीका श्रीमान लक्ष्मणको मृत्यु भएर ऋण तिर्नसम्म समस्या झेल्दै आएकी उनको संस्थाले ऋण मिनाह गरेको हो ।

लक्ष्मीपुर सेवा केन्द्रले शुक्रवार ऋण मिनाह कार्यक्रमको आयोजना गरी ऋण मिनाह गरेको सेवा केन्द्र प्रमुख उमेश भारतीले जानकारी दिए । दर्जीलाई कार्यक्रमका प्रमुख अतिथि तथा कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले ऋण मिनाहवापतको रकमको चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा चेक हस्तान्तरण गर्दै मेयर पोखरेलले समाजवादी व्यवस्थातिर सहारा साकोस लम्किरहेकोले त्यसै व्वस्थातिर स्थानीय सरकार पनि जाने बताए । उनले मेयर आवास कार्यक्रम अन्र्तगत आवास नभएका अति विपन्नको घर निर्माण गरिदिने समेत बताए ।

संस्थाकी समुह अध्यक्ष रिता राईले संस्थाको सरहे कार्यक्रमले गर्दा घर जस्तो अनुभव हुने बताइन् । ‘म अन्य धेरै संघ÷संस्थामा आवद्ध थिए’ राईले भनिन् ‘सहाराको राम्रो कार्यक्रमले गर्दा अहिले यसमा मात्र आवद्ध छु ।’

उनले सहाराको कार्यक्रमहरु प्रशंसा गर्न योग्य भएको बताइन् । संस्थाका अनुगमन अधिकृत घनश्याम रायको अध्यक्षता तथा लक्ष्मीपुर सेवा केन्द्रकी कर्मचारी विनिता ढकालको सक्रियतामा भएको कार्यक्रमको सञ्चालन सेवा केन्द्र प्रमुख भारतीले गरेका थिए ।