राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट  महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई   निर्वाचित भएकी छन् ।

बुधबार भएको मतगणना अनुसार उनले प्रदेशसभाको ५२  र स्थानीय तहको १२२  जनप्रतिनिधिको मत पाइन् । अन्तिम मत परिमाण अनुसार गठबन्धनकी राईले ४ हजार ६ सय ९२ मतभार पाएकी छिन् । उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सुमित्रा भण्डारीले  प्रदेशसभाका ३८ र स्थानीय तहका १४१ जनप्रतिनिधिको मत पाइन् । उनको मतभार ४ हजार ३ सय ६२ पुगेको छ । 

निर्वाचन आयोगले राई निर्वाचित भएको आधिकारिक घोषणा भने गरेको छैन । प्रदेशमा अन्य र अल्पसङ्रख्यक तथा अपाङ्गतातर्फका उम्मेदवारको मतगणना भने भइरहेको छ ।