ओखलढुंगा र मोरङमा घाँस कााट्न गएका  २ महिलाकाे लडेर मृत्यु भएकाे  छ।

ओखलढुंगाको मोलुङ गाउँपालिका ४ मा जंगलबाट घाँस काटी घर तर्फ फर्कदै गर्दा भिरबाट लडी मोलुङ ४ घले गाउँका ईन्द्र सुनुवारको श्रीमती ३८ बर्षीया मिना सुनुवार मृत्यु भएकाे  जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएकाे छ । 

कार्यालयका अनुसार शुक्रबार अपरान्ह पौने ४ बजे गुठी पाताल जंगलबाट घाँस काटी घर तर्फ फर्कदै गर्दा भिरबाट लडी घाईते भएकि सुनुवारलाई तत्काल उपचारको लागि मिसन अस्पताल ओखलढुंगा लगिएकोमा निजको उपचारको क्रममा राती पौने ९ बजे मृत्यु भएको हो । 

त्यस्तै, मोरङको मिक्लाजुङ गाउँपालिका ६ स्थितमा रुखवाट लडी मान बहादुर मगरको श्रीमती ४६ बर्षीया बुद्धमाया मगरकाे मृत्यु भएकाे  इलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएकाे छ ।

कार्यालयका अनुसार शुक्रबार बिहान साढे ११ बजे आफ्नै बारीमा रहेको टाँकीको रुखमा चढी घाँस काट्ने क्रममा रुखबाट लडि घाईते भएकि बुद्धमायाको उपचारको क्रममा बिराटनगर स्थित बिराट नर्सिङ होम अस्पतालमा मृत्यु भएको हो । 

उक्त घटना सम्वन्धमा  थप अनुसन्धान भईरहेको कार्यालयले जनाएकाे छ  ।