धरानका समाजसेवी प्रभुप्रसाद श्रेष्ठको निधन भएको छ ।
धरान सरोकार समाज काठमाडौंका अध्यक्ष रहेर सामाजिक कार्यमा सक्रिय श्रेष्ठको ८० वर्षको उमेरमा सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । केही समययता मिर्गौलामा समस्या देखिएपछि डायलाइसिस गराउँदै आएका श्रेष्ठ घरमै लडेर टाउकोमा चोट लागेपछि अस्पताल भर्ना भएका थिए । उनको आइतबार शल्यक्रिया गरेर सोमबार डायलाइसिस गराउने क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
२००० साल साउन १ जन्मिएका श्रेष्ठ सन् १९८१ मा धरान जेसिजको अध्यक्ष रहेका थिए । राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य, टेवल टेनिसका राष्ट्रिय प्रशिक्षक रहेका श्रेष्ठ पछिल्लो समय धरानको विकासका लागि स्थानीयवासी र मन्त्रालयबीच समन्वयकारको भूमिकामा सक्रिय थिए ।
धरानमा खानेपानीका लागि एसियाली विकास बैङ्क (एडिबी)को परियोजना ल्याउन, धरानमा मालपोत कार्यालय स्थापना गर्न र धरानबाटै पासपोर्ट बनाउने सुविधा ल्याउन उनले महŒवपूणर् भूमिका खेलेका थिए । पछिल्लो समय धरानको पुरानो हस्पिटलमा नयाँ भवन बनाएर हस्तान्तरण गर्ने योजनामा रहेको परिवारले जनाएको छ ।
मङ्गलबार चतरास्थित सप्तकोशी नदीमा उनको दाहसंस्कार गर्ने कार्यक्रम रहेको छ ।