बिर्तामोड । कनकाई नगरपालिकाका २ सय भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । 

भूमि समस्या समाधान आयोग जिल्ला समितिद्वारा प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा जग्गाधनी पुर्जा वितरण गरिएको हो । 

प्रधानमन्त्री ओलीले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले धनी पुर्जा पाउनु खुसीको कुरा भएको उल्लेख गर्दै वर्तमान सरकारले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै जनताका समस्या समाधानमा ध्यान केन्द्रित गरेको बताए । 

उनले भूमिसम्बन्धी सबै समस्याको समाधानका लागि चाँडै भूमि विधेयक पारित गरिने जानकारी दिए । त्यस अवसरमा आयोगका केन्द्रीय अध्यक्ष हरि रिजालले पूर्वदेखि पश्चिम महाकालीसम्मका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई क्रमशः जग्गाधनी पुर्जा वितरण गरिने बताए । 

भूमि समस्या समाधान आयोग झापाले पहिलो पटक ४७१ अव्यवस्थित बसोबासीलाई धनीपुर्जा वितरण गर्ने भएको छ ।

भूमि समस्या समाधान आयोग झापाले  ४७१ अव्यवस्थित बसोबास गरेका घर परिवारलाई धनी पुर्जा वितरण गर्ने जनाएको छ । 

अध्यक्ष मदन अधिकारीका अनुसार बुद्धशान्ति गाउँपालिकामा १ सय ९५, अर्जुनधाराका १२ सय ८, गौरीगञ्ज गाउँपालिकाका ११ र दमक नगरपालिकाका २ भूमिहीन दलित÷सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउनेछ । 

बुद्धशान्ति, अर्जुनधारा, कन्काई, गौरीगञ्ज र दमकका ५ सय ४१ अव्यवस्थित बसोबासीका लागि सात दिने सूचना जारी गरिएकोमा ४ सय ७१ जनाले नियमअनुसार राजश्व दाखिला गरेकाले उनीहरूलाई असार मसान्तभित्र धनीपुर्जा वितरण गरिने आचार्यले जानकारी दिए ।