भद्रपुर । जङ्गली हात्तीले कचनकवलका पाँचवटा घरमा क्षति पुर्याएको छ ।
शनिबार मध्यरातमा चारवटाको सङ्ख्यामा आएका जङ्गली हात्तीले घर, पसल भत्काएर, खाद्यान्न खाएर क्षति गरेका हुन् । हात्तीले कचनकवल–६ लालबाबु खत्री (कैलाश) को घरअगाडि राखेको घुम्तीको ढोका भत्काई घुम्तीमा राखेको एक बोरा मकै, चकलेट खानुका साथ साथै सरसामान छरपस्ट पारेर क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यस्तै सोही ठाउँका लक्ष्मण टुडूको टाँटी बेरा भएको भान्सा घर, नारायण बरालको गाईगोठ, राम दाहालको भान्सा घर र सन्जु दाहालको भान्सा घर भत्काएको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । ती सबैजनाको करिब एक लाख बराबरको क्षति भएको जनाइएको छ ।